ललित पाण्डेय
सैनामैना , ५ मंसिर
पुर्व पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको सैनामैनामा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सैनामैनाको सोरौंलीमा मुर्गियाबाट बुटवल तर्फ जाँदै गरेको बा १८ च ८०१६ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको से ४ प ७७७५ नम्बरको मटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भिर घाईते भएका दुई जनाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रन्यौंराले जानकारी दिएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा सवार बुटवल उपमहानगरपालिका वडा नंं ८ बस्ने तिलक सुनार रहेको प्रहरीले जानकारी दिएको छ । भने अर्का मृतकको पहिचान खुल्न सकेको छैन ।