शान्तिका लागि संचार अभियान द्धारा संचालित बुद् सामुदायिक टेलिभिजन विधिवत रुपमा जि.प्र.कार्यालय तथा संचार मन्त्रालयमा २०६५ मा दर्ता भई सञ्चालन भएको टेलिभिजन हो । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म स्थल लुम्विनी र गौतम बुद्कै नाम वाट सञ्चालित यो टेलिभिजन निकै उतार चढाव र चुनौतीका विचमा यो स्थान सम्म आई पुगेको छ । मोफसलमा सञ्चालित थुप्रै एफ.एम स्टेशनका विचमा श्रव्य दृश्य सञ्चार गृह चलाउनु चानचुने कुरा होईन । तर पनि सवैको लगाव टेलिभिजन प्रतिको सकारात्मक सोंचको प्रतिफल छोंटै समयमै बुद्ध सामुदायिक टेलिभिजन जन जनको विचमा लोकप्रिय टेलिभिजनको रुपमा स्थापित भैरहेको छ । सिमित साधन र श्रोतका विचमा संचालित यो टेलिभिजन निकट भविष्यमा नेपाल भरि र केही वर्ष पछि संसार भरि देखाउने हालको संचालक समितीको लक्ष्य रहेको छ । हुनत चर्को लोड सेडिङ्गको भार खेप्न वाध्य संचार गृह लाई सोंचे अनुरुप काम गर्न गाह्रो कुरा हो । तै पनि आंटिलो सोंच भयो भने ठुलो कुरा होईन । अव यो टेलिभिजन लाई स्थापित गर्न आम दर्शक महानुभाव विज्ञापन दाता सुभेच्छुक शुभचिन्तक महानुभावको ठुलो हात छ ।
आगामी दिनमा कसरी अगाडि वढ्ने थप सुझाव सल्लाहका लागि सम्पर्क नंं ०७१ ४३८२०३, ४३८७२८,४३८७३०