काठमाडौं,जेठ २ ।
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।
उच्च अदालत, पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई सफाइ दिएको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।
फैसलासँगै अदालतबाहिर प्रतीक्षारत लामिछानेका समर्थकले नाचगान गर्दै खुसीयाली मनाएका छन् । गौशाला–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।
पूर्णपाठ केही बेरमा: