बुटवल, कार्तिक २९ ।
लुम्बिनी बाणिज्य क्याम्पसले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको सेमिनार आयोजना गर्ने भएको छ । बदलिँदो परिस्थिति अनुसार व्यवस्थापकीय जनशक्ति र क्षमतामा पनि परिस्थितिजन्य परिवर्तन आवश्यक भएको कुरा मनन् गरी बजारको आवश्यकता अनुसारको व्यवस्थापकीय जनशक्ति तयार गर्न हालको पाठ्यक्रम शिक्षण पद्धति तथा मुल्याङ्कन विधि समेतलाई समेटी व्यवस्थापन प्रणालीको पुनः परिभाषित गर्नु पर्ने कुरालाई मनन् गर्दै यो अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरिएको लुम्बिनी बाणिज्य क्यम्पसका क्याम्पस प्रमुख प्राडा तारा प्रसाद उपाध्यायले बताए ।
यही २०७५ साल कार्तिक ३० गते र मंसीर १ गते यसै लुम्बिनी वाणिज्य क्याम्पसको सेमिनार हलमा यो अन्तर्राष्ट्रिय सेमिनार संचालन गरिने छ । यस सेमिनारमा सेमिनारको प्रकरणमा आधारित विभिन्न विधामा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरू तथा अनुसन्धानकर्ताहरूद्वारा अनुसन्धानमुलक लेख प्रस्तुत हुने सेमिनार संयोजक प्राडा णकृष्ण भट्राईले जानकारी दिए ।
उनका अनुसार अन्तर्राष्ट्रिय सेमिनारमा विभिन्न विश्वविद्यालयका पदाधिकारीहरू, वरिष्ठ प्राध्यापकहरू तथा अन्य अनुसन्धानकर्ताहरूको समेत सहभागिता रहने छ ।
सेमिनारमा करिब ३०० जनाको सहभागिता रहने छ । यो सेमिनार सफलतापूर्वक सम्पन्न गर्न र प्रभावकारी व्यवस्थापनका लागि सेमिनार मुल व्यवस्थापन समिति अन्तर्गत रहने गरी १४ वटा उपसमितिहरू गठन गरी सक्रिय रूपमा कार्य अगाडि बढाइएको छ ।
विसं २०३८ सालमा आधिकारिक रूपमा स्थापित व्यवस्थापन शिक्षामा लुम्बिनी वाणिज्य क्याम्पसले प्रारम्भमा आई कम वि।कम र एम् वि एस का कक्षाहरू संचालन गर्दै आएको थियो ।