ललित पाण्डेय
सैनामैना २५ असोज
रुपन्देही जिल्ल्लाको गैडहवा गाउँपालिकाले एम्बुलेन्स किनेर हेल्थपोष्टलाई हस्तानान्तरण गरेपछि स्थानीयहरु खुशी भएका छन । पहिले जिल्लाको ग्रामिण क्षेत्र गैडहवामा एम्बुलेन्स समेत नहुँदा टाढाबाट एम्बुलेन्स ल्याउँदा बिरामी हुँदा मर्कामा परेको वडा नं. १ का स्थानीय इम्राहिन खानले बताए । तर अहिले भने जनप्रतिनिधि आएपछि गाउँपालिकामा एम्बुलेन्स आएको हो ।
स्थानिय तहमा जनप्रतिनिधिहरु आईसकेपछि सवारी साधनको मोहमा फसेको भन्ने जन गुनासो धेरै नै बढेको पाईन्छ । अति आबश्यक एम्बुलेन्स, दमकल जस्ता सवारी साधन किन्न भन्दा आफ्नो सुखको लागि महंगा सवारी साधन किन्नमा जनप्रतिनिधिको बढी ध्यान गएको ब्यापक गुनाशो आईरहेको थियो । तर गैडहवा गाँउपालिकाले अन्य सवारी साधन संगै एम्बुलेन्स किनेर एउटा उदाहरणीय काम गरेको छ ।
पहिले निजी एम्बुलेन्स समेत गैडहवामा नभएपछि गर्भवती महिला ,बालबालिका, जेष्ठ नागरिक, एर्मजेन्सी केशमा बिरामीलाई समयमा नै अस्पतालनमा पुराउन नसक्दा बिरामीको मृत्यु समेत हुने गरेको बिजयी कुमार यादबले बताउँनु भयो ।
गाउँपालिकाले एम्बुलेन्स ल्याएपछि समयमा नै बिरामीले उपार पाउँने स्थानीयहरुले आशा गरेका छन । गैडहवा गाउँपालिका सहित मायादेवी , लुम्बिनीमा समेत एम्बुलेन्सले सेवा दिने बताईएको छ ।
गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवट आफु निर्वा्चित भए सँगै एम्बुलेन्स किन्ने योजना अनुसार आ.व. ०७३÷०७४ मा बजेट छुट्टाई एम्बुलेन्स किनेको जानकारी दिनु भयो । कर्महवा स्वास्थ्य चौकीले उक्त एम्बुलेन्स सञ्चालन गर्ने उँहाले जानकारी दिंदै अस्पताल पुग्न महङ्गो सवारी साधन भाडामा लिएर हिड्न पर्ने बाध्यतालाई एम्बुलेन्स सञ्चालन पछि सहज हुने बताउँनु भयो ।
एम्बुलेन्स र दमकल गाउँपालिकाका भित्र सडकमा पनि सहज रुपमा जाने संमरचना बनाएको केबटले बताउँनु भयो । भन्सार छुट्ट गरी १० लाख ८३ हजारमा एम्बुलेन्स खरिद गरेको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज भट्टराईले जानकारी दिनु भयो ।