बुटवल, १८ असोज
प्रदेश नंं. ५ मा शिक्षा विकास निर्देशनालय स्थापना भएको छ । सामाजिक बिकास मन्त्रालयको भवनमो एक समारोहबिचमा प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले ब्यानर खोलेर निर्देशनालयका उद्घाटन गर्नु भएको छ ।
निर्देशनालयको उद्घाटन गर्दै मन्त्री बरालले आफ्नो मन्त्रालयको मुख्य काम मानिएको शिक्षा र यस्को गुणस्तर सहितको बिकासका लागि अब सहज हुने बिश्वास ब्यक्त गर्नुभयो । उँहाले शिक्षाबिना प्रदेश र देशकै विकास नहुने भएकाले बजेटमा वृद्धि गरी गुणस्तरीय शिक्षामा जोड दिइएको बताउँनु भयो ।
पालिकामा रहेका सबै बिद्यालयहरुमा एकै किसीमको पाठ्यक्रम,पाठ्यपुस्तक र ड्रेसकोर्ड बनाउने योजनामा रहेको उँहाले बताउँदै कमिसन खाने परम्परा तोडिद शिक्षाको गुणस्तरमा प्रभाबकारीता बढ्ने दाबी गर्नु भयो । गुणस्तरीय शिक्षाका नाममा बार्षिक २६ अर्ब बाहिरीमुलुकमा जाने गरेको भन्दै मन्त्री बरालले यस्लाइ रोक्नका लागि आफ्नो मन्त्रालय गम्भिर ढंगले सोचिरहेकोे उल्लेख गर्नुभयो । माध्यमिक तहको शिक्षामा नया प्रयोगका लागि दुर्गममा रहेका शिक्षकहरुका लागि अध्ययन बिधीका लागि एप बनाउने बारेमा आफुहरुले तयारी थालेको उँहाको भनाइ छ ।….बाईट ……
निर्देशनालयमा ३५ कर्मचारीको टुंगो लागेको र अन्य कर्मचारी छिटै आउने निर्देशनालयका निर्देशक जितबहादुर शाहले बताउँनु भयो अहिले केन्द्र सरकारले निर्देशनालयमा तत्काललाई निर्देशक मात्रै तोकेको छ । मन्त्रालयका सचिव पुस्करराज पन्तले शिक्षाको गुणस्तरमा सबैको सहकार्य जरुरी रहेको बताए । निर्देशनालयलाइ स्थानीय सरकार संचालन ऐन २०७४ तथा संघ स्तरमा रहेका निकायहरुसंग नबाझिने गरि ३१ बुदे काम गर्ने जिम्मेबारी रहेको छ ।