ललित पाण्डेय
सैनामैना,१७ असोज
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. २ लाई जिल्ला कै पहिलो बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ । गाउँपालिकाको वडा कार्यालयमा मंगलवार एक कार्यक्रमको आयोजना गरी ३९ वटा सुचकाङ्क तथा २ वटा स्थानीय सुचकहरु पुरा गर्दै वडालाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासन वडा घोषणा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाली काग्रेसका प्रमुख सचेतक तथा प्रतिनिधि सभा सदस्य बालकृष्ण खाँणले कार्यक्रमलाई सम्बोधन गर्दै बालमैत्री स्थानीय शासनलाई कार्यान्वयमा चुनौती रहेको बताउँनु भएको छ ।
विभिन्न सुचकहरु पुरा गरेर वडालाई बालमैत्री स्थानीय शासन घोषणा गरे पनि कार्यान्वयनमा सबै पक्ष लाग्नु पर्नेमा उनले जोड दिनु भयो । वडाले जिल्लामा नै पहिलो बालमैत्री वडा हुन सफल भएकोमा खाँणले प्रशंसा गर्दै अरु स्थानीय तहले पनि अनुसरण गर्न आवश्यक रहेको बताउँनु भयो । बालबालिका तथा महिला माथि कुनै पनि किसिमको हिंसा हुनु हुँदैन सांसद खाडँले भने, तर अहिले बालबालिका महिला माथि जगन्य अपराध भएको हुँदा स्थानीय तहदेखि नै सरकारले जनताले सुरक्षाको अनुभूति गर्ने खालको सुरक्षा ब्यवस्था हुनुपर्नेमा जोड दिनु भयो । समृद्धि र सुखी जीवनको लागि बालबालिकाको पक्षमा लगानी गर्नु पर्ने बताउँदै बालबालिकालाई घर, विद्यालय तथा समाजमा बालमैत्री बनाउन सक्नु पर्ने बताउँनु भयो ।
प्रतिनिधिसभाका सदस्य समेत रहनु भएका खाँणले फरक प्रसङ्गमा बोल्दै संघियातालाई सफल पार्नको लागि सबै पक्ष लाग्नु पर्ने बताउँनु भयो ।
सघियता सफल भएमा जनता, राष्ट्र तथा लोकतन्त्रनै सफल हुने उनले दाबी गर्नु भयो । रुपन्देही गौतम बद्धको जन्म स्थल, निर्माणधिन अवस्थामा रहेको अन्र्तराष्ट्रिय विमान स्थल रहेकाले बुटवल नै प्रदेश नम्बर ५ को राजधानी उपयुक्त हुने खाँणको भनाइ रहेको थियो ।त्यसै गरी प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य तुल्सी प्रसाद चौधरीले बालमैत्री वडा बनाउन त्यती सजिलो नभएको बताउँदै अब यसको कार्यान्वयनमा अझ सचेत रहनु पर्ने बताउँनु भयो । एक फरक प्रसंगमा उँहाले संविधान कार्यान्वयनका बिषयमा सबै लाग्नु पर्ने र अहिले सामाजिक सञ्जालहरुमा गलत मानिसले करको विषयलाई लिएर गतल प्रचार गरेर जनतामा अफवाह फैलाएको प्रति आपत्ति जनाउँनु भयो । साथै कर स्वभाविक रुपमा तिर्नु पर्ने विषयलाई भ्रामक रुपमा गलत प्रचार गरी जनतालाई भ्रम सिर्जना गरिएको उँहाले बताउँनु भयो । प्रदेश नम्बर ५ की सांसद पुष्पा थारुले शुद्धोधन गाउँपालिका वडा नं. २ ले गरेको कामको अरु वडा र स्थानीय तहले अनुसरण गर्न आवश्यक रहेको बताउँनु भयो । प्रदेश नम्बर ५ प्रदेश सदस्य बलदेव शर्मा, अर्का सदस्य रमा अर्याल,जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज वि.क., नमुना विकास परिषद रुपन्देहीका ज्ञानु पौडेल, सेतो गुराँस बालविकास केन्द्रका प्रमुख सुमित्रा शर्मा, नेपाल दलित संघ रुपन्देहीका अध्यक्ष बुद्धिराम हरिजन लगायतले बोल्दै एक वडा मात्र नभई गाउँपालिका र सिङ्गो रुपन्देहीलाई नै अब बालमैत्री वडा बनाउन सबै क्षेत्रबाट पहल सुरु गर्नु पर्ने धारणा राख्दै बालमैत्री वडा कार्यान्वयनमा जोड दिएका थिए ।
कार्यक्रमका संयोजक तथा वडा नं. २ का वडा अध्यक्ष विष्णुप्रसाद बस्यालले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्य्विधि २०६८ बमोजिम नेपाल सरकारले निर्धारण गरेका बाल अधिकारमा आधारित सुचकहरु अनुसार नै वडालाई बालमैत्री वडा घोषणा गरिएको बताए । जिल्ला समन्वयन समितिका सभापति एकराज विश्वकर्मा र गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीले वडालाई बालमैत्री स्थानीय शासन घोषाण गरिएको पत्र वडा नं. २ का वडा अध्यक्ष बस्याललाई हस्तानान्तरण गरेका थिए । वि.सं २०७० साल साउन महिनाबाट बालमैत्री वडा बनाउन सुचकहरु पुरा गर्न अभियान सञ्चालन गरेकोमा ५ वर्ष पछि वडालाई बालमैत्री शासनका सुचकहरु पुरा गरी बालमैत्री वडा घोषणा गर्न गाउँपालिका सफल भएको छ । यसमा लामो समयका साथसाथै जनप्रतिनिधिहरु, कर्मचारीहरु, शैक्षिक तथा वित्तिय संघसंस्था, टोलविकास संस्था, क्लव,
आमासमूह, स्वास्थ्य स्वयमसेविका, पत्रकार, वडा निवासी जनता लगायत आफू यस कार्यका लागि दिनरात खटिएको वडा सचिव लक्ष्मण ज्ञवालीले बताए । कार्यक्रममा बालमैत्री वडा बनाउन सहयोग पुराउने संघ संस्था, व्यक्ति, पत्रकार लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । त्यस्तै एसईई परीक्षा २०७४ मा गाउँपालिकामै सर्वोत्कृष्ट ३.९५ जी.पी.ए अङ्क ल्याउने सुन्दर चापागाईलाई सम्मान गरिएको थियो । गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा वडा नं २ का वडा सदस्य उमाकान्त चापागाईको स्वागत तथा कमल खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यस अगि वडालाई बाल विवाह मुक्त वडा घोषणा गरिएको थियो ।