दाङ,असोज १५ ।
दाङको लमहीमा १२ वर्षकी नातिनीलाई करणी गरेको अभियोगमा ६८ वर्षका हजुरबुवा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हुजुर बुवालाई पक्राउ गरेको हो ।
आइतबार दिउँसो बाजेले नातिनी माथि करणी गरेको जाहेरी प्रहरीमा परेपछि आइतवार बेलुका नै आरोपित बाजेलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए । पक्राउ पर्ने व्यक्ति बालिकाको कान्छो हजुरबुवा रहेको प्रहरीले जानकारी दिएको छ । ललाई फकाई पहिलेदेखि नै नातिनी माथि करणी गर्दै आएको भन्ने बयान बालिकाले प्रहरी समक्ष गरेको जानकारी दिएको छ ।
बालिकाको स्वास्थ्य परीक्षण गरिएको र सोमबार अदालतमा करणी मुद्दा दर्ता गरेर कानुनी कारवाहीको लागि प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।