ललित पाण्डेय
सैनौना, ११ असोज
रुपन्देहीको सैनामैना कलौनीमा रहेको रामापुर माविले १२ कक्षामा उत्तीण विद्यार्थीहरुलाई आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुलाई कक्षा १२ मा उत्तीण भएकोमा बधाई तथा सम्मान गरिएको हो । विद्यार्थीहरुलाई अविर र मायाको चिना प्रदान गरेर सम्मान गरिएको थियो ।
कक्षा १२ मा सुदिप घिमिरेले ३.२८, अजिता ज्ञवालीले ३.२३ बिमला घिमिरेले ३.२३ ऋषि भण्डारीले ३.२० जिपिए अंक ल्याउँन सफल भएका थिए ।
कार्यक्रममा बोल्दै मेयर चित्र बहादुर कार्कीले सैनामैनाका सामुदायिक विद्यालयलाई अब्बल बनाउनको लागि नगरपालिकाले एक वर्षमा धेरै प्रगती गरिसकेको बताउँनु भएको छ । नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा प्रविधिको प्रयोग गरेर अध्यापन गराउन सुरु भईसकेको उँहाले जानकारी दिदैं यो अभियान निजी विद्यालयमा पनि सञ्चालन गरिनु पर्ने बताउँनु भएको छ । आईसीटीको माध्यमबाट पठाउनको लागि दशै तिहारको विदामा शिक्षकको लागि नगरपालिकाले तालिमको समेत ब्यवस्था गरेको मेयर कार्कीले जानकारी दिनु भएको छ ।
शिक्षाको गुणस्तर सुधारको लागि नगरपालिकाले गरेका कामलाई शिक्षकले टचर नमान्नु पर्ने कार्कीले बताउँनु भएको छ ।
रामापुर माविमा अहिले ११ सय विद्यार्थीहरुले अध्ययन गरेको विद्यालयका प्रधानध्यापक कृष्ण प्रसाद भण्डारीले बताउँनु भएको छ । कक्षा ६ देखि आईसीटिको माध्यमबाट पढाई सुरु गरिएको उँहाले जानकारी दिदै प्रविधिको प्रयोगले विद्यार्थीले छिट्टो सिक्ने गरेको उँहाले बताउँनु भएको छ ।
रामापुर माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद घिमिरको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा शहिद नारायण पोखरेल रामापुर क्याम्पसका अध्यक्ष डिल्लिराज ज्ञवाली, निमित्ती क्याम्पस प्रमुख प्रेमनारायण पौडेल लगायतले कार्यक्रममा बोलेका थिए ।