ललित पाण्डेय
सैनामैना,९ असोज
प्रदेश नम्बर ५ का उद्योग तथा वातावरण मन्त्रि लिला गिरीले पूर्ण रुपमा कानुन नबन्दा सोचे जस्ताको काम गर्न नसकेको बताउँनु भएको छ । उपभोत्ता हित संरक्षण मञ्च नेपाल सैनामैनाले आज सैनामैनामा आयोजना गरेको उपभोक्ता सचेतना कार्यक्रममा बोल्दै उँहाले पूर्ण रुपमा कानुन बनिसकेपछि बजार अनुगमनलाई निरन्तरता दिने बताउँनु भयो । विकास निर्माणको काम एक दुई वर्ष ढिलो भए पनि हुन्छ उँहाले भन्नु भयो तर जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको उपभोग्य बस्तुको सरकारले बजार अनुगमन गरी जनतालाई गुणस्तरिय बस्तु दिलाउँनु पर्ने बताउँनु भएको छ ।
तर सरकार सँग टेक्नोलोजी, ल्याब, प्रयोगशाला प्रयाप्त मात्रामा नहुँदा अनुगमनमा समस्या हुने गरेको गिरीले बताउँनु भयो । कृषमा समेत विषादीको प्रयोगले गर्दा उपभोत्ताहरु मारमा परेको उँहाले बताउँदै विषादीको प्रयोगले गर्दा नेपालमा उत्पादन भएको अदुवासमेत भारतले किन्न नमानेको बताउँनु भयो । जनताले स्वच्छ, स्वस्थ्यकर , उचित मुल्यमा सहि तौलमा उपभोग गर्न पाउँनुपर्छ गिरीले भन्नुभयो यसको लागि उपभोत्ता समेत सचेत हुनु पर्ने बताउँनु भएको छ । तिनै तहको सरकारले उपभोक्तहरुको हक हित संरक्षणमा लाग्ने बताउँनु भयो ।
उपभोत्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष ज्योति बानियाले सविधानमा उपभोक्ताहरुको हक हित संरक्षण गरिएपनि ब्यवहारमा लागु हुन भने नसकेको बताउँनु भएको छ । उपभोत्ताहरु हरेक वस्तु किन्दा ठगिने , गुणस्तरहीन बस्तु पाउँने गरेको उँहाले बताउँदै यसको लागि सरकारले प्रभावकारी अनुगमन गर्नु पर्ने बताउँनु भएको छ । दाल, चामल, नुन, तेल , ग्यास किन्दा जनता ठगिएका छन् बानियाले भन्नुभयो सरकारले ख्योईत अनुगमन गरेर उपभोत्तलाई गुणस्तरिय बस्तु उपभोग गराएको । उपभोत्ता आफै सचेत बन्न सके आफै ठगिनबाट जोगिने बताउँनु भएको छ ।
बस्तु गरिद गर्दा उत्पादन उपभोग मिति, गुणस्तरिय छ की छैन ,तौल अनुसार छ की छैन हुर्न होस उँहाले भन्नुभयो भएन भनि सम्बन्धित निकायमा उजुरी गर्ने उँहहाले आग्रह गर्नु भयो । उपभोत्ता हित संरक्षण मञ्चले उपभोत्ताको हितको संरक्षणको लागि देशै भरि काम गर्दै आएको बोहोराले बताउँनु भएको छ । क्षेत्रीय गुणस्तर नाम तौल विभाग भैरहवाका प्रमुख हस्त बहादुर राईले बजारमा नियमित र विशेष खालको अनुगमन गर्दै आएको बताउँनु भएको छ ।
स्थानीय तहसँग प्राविधिक टोली नभएकाले अनुगमन गर्न नसकेको बतउँदै उँहाले स्थानीय सरकारसँग मिलेर विभागले बजारमा प्रभावकारी अनुगमन गरिने बताउँनु भएको छ । खाद्य बस्तु स्वच्छ ,गुणस्तर हुनु पर्ने राईले बताउँदै विभागले प्रभावकारी बजार अनुगमन गरिने बताउँनु भयो ।
सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले नगरपालिकाले उपभोक्ताको हित संरक्षणमा काम गर्ने बताउँनु भएको छ र
उपभोत्ता हित संरक्षण मञ्च नेपाल सैनामैनाका अध्यक्ष दुर्गा प्रसाद गौतमले उपभोक्ताको अधिकारीका लागि निरन्तर पैरवी गर्ने बताउँनु भएको छ । उपभोक्तालाई सचेत बनाउँदै स्थानीय तहको समन्वयनमा बजार अनुगमन गरिने गौतमले बताउँनु भयो । नगररका ११ वटै वडामा वडा स्तरको सञ्जाल गठन गरी उपभोक्ता सचेतनाको अभियान सञ्चालन गरिने उँहाले बताउँनु भएको छ ।
