बुटवल, ३१ भदौ
बुद्ध सामुदायिक टेलिभिजन बुटवलको १० औं साधारणसभाले बिभिन्न निर्णयहरु पारित गरेको छ । साधारणसभाले टेलिभिजनलाइ पब्लिक लिमिटेड बनाउने निर्णय सर्बसम्मत रुपमा पारित गरेको छ भने संस्थामा हाल कायम रहेको २५ हजार शेयर सदस्यले पनि मताधिकार पाउने ब्यबस्थालाइ सर्बसम्मत निर्णयगरि पारित गरिएको हो ।
टेलिभिजनका अध्यक्ष पृथबहादुर फौदार पृथ्वीले संस्थालाइ समयानुकुल परिबर्तन गर्दै पब्लिक लिमिटेड बनाउने प्रस्ताब गर्नुभएको थियो । उहाले प्रतिवेदन प्रस्तुत गर्दै टेलिभिजनलाइ प्रदेश ५ को १ नम्बर मिडिया हाउसको रुपमा बिकास गर्दै देशभर प्रशारणमा गैरहेको जानकारी गराउनुभयो । सो अबसरमा टेलिभिजनका कोषाध्यक्ष कृष्णप्रसाद भण्डारीले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो ।
भण्डारीले आर्थिक बर्ष २०७३÷०७४ मा ८ लाख ९३ हजार ७९० नाफा रहेकोमा चालु आर्थिक आब ०७४÷०७५ मा २२ लाख ५३ हजार ४३० रुपैया संचालन नाफा रहेको प्रतिबेदन पेश गर्नुभयो ।कार्यक्रममा संस्थाका सल्लाहकार रामचन्द्र ढकालले मिडियाहरु सफल र नाफा कमाउन पनि सक्छन् भन्ने प्रमाण बुद्ध टेलिभिजन बनेकोमा खुसी ब्यक्त गर्दै टेलिभिजनको प्रगतीको कामना गरेका थिए ।
उहाले राजनीतिक आस्थाभन्दा माथि उठेर साझा ढंगले टेलिभिजन संचालन गर्न पनि आग्रह गर्नुभयो ।कार्यक्रममा लेखा समिति संयोजक गंगाराम सापकोटाले सबै शेयरधनीहरुलाइ संस्थाको हितमा मिलेर काम गर्न आग्रह गर्नुभयो । सो अबसरमा उपस्थित संचालन सदस्यहरुले संस्थालाइ बलियो बनाउनका लागि सामुहिक प्रतिबद्धता समेत जनाउदै आआफ्ना धारणा राखेका थिए । यस अघि उद्घाटन भईसकेको वार्षिकउत्सव नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उद्घाटन गर्नु भएको थियो ।