गुल्मी,भदौ ३० ।
वाग्लुङ्गको ढोरपाटन नगरपालीका र बढीघाट गाउँपालीकाको सिमानामागएरातिदेखि थुनिएको बढीघाट खोलामापाँच घण्टापछि पानीबग्नथालेको छ । थुनिएको खोलाको सतहमाथिवाट विस्तारै पानीवग्नथालेको हुँदात्यहाँको अवस्थाअहिले खतरा मुक्त रहेको घटना स्थलवाट वाग्लुङ्गकाप्रमुखजिल्लाअधिकारी वेद प्रसाद खरेलले बताउनु भएको छ ।
ढोरपाटन नगरपालीका १ र वढीघाट गाउँपालीका७अन्र्तगत भर्याङ् क्षेत्रमा माथिवाट सुख्खापहिरो खसेपछि गए रातीदेखि उक्तखोलाथुनिएको हो । ‘हामीविहान ५ः १५ मा घटना स्थलमाआई पुगेकाथियौं, माथिवाट निकै गहिरिएर पहिरो खसेको रहेछ, ताल २ किलोमिटर जतिलामो बनेको छ, पहिरो पनि डेढ किलोमिटर भन्दालामो गएको रहेछ’ घटना स्थलको अवलोकन गरेपछि प्रमुखजिल्लाअधिकारी खरेलले बताउनु भयो ।
प्रमुखजिल्लाअधिकारीकाअनुसार ताल नफुटे पनिताल माथिवाट अहिले पानीजानथालेको हुँदाथुनियको खोलामा ५० प्रतिशतपानीबग्न शुरु गरेको कारण उक्त क्षेत्रको अवस्थाखतरामुक्त रहेको बताउनु भयो ।
खोला थुिनएपछि ढोरपाटन नगरपालीका २ स्थीतसिमलचौर क्षेत्रकाकेही घरहरु डुवानमा परेको बताईएको छ ।
डुवानवाट कुनै मानवीयक्षतीभने भएको छैन । पहाड माथिवाट खसेको ठूला ठूलाचट्टानकाकारण खोला थुनियपछि बढीघाट छेउछाउँमा रहेकावाग्लुङ्गर गुल्मीकाहजारौं स्थानीयवासिरहरु रातभर जाग्राम बसेकाथिए । उनीहरु थुिनएको खोलाको तालकुनै पनि वेलाफुट्न सक्नेखतरावाट अझै पनिनिकै त्रसितबनेकाछन् ।
घटनाको जानकारी पाएपछि रातै नै वाग्लुङ्गवाट प्रमुखजिल्लाअधिकारी,प्रहरी उपरिक्षक, नेपाली सेना, ससस्त्र प्रहरी सहितको टोलीराती नै सदरमुकामवाट घटना स्थलतर्फ गएको थियो । उक्तखोला थुनिएपछि गुल्मीको मुसिकोट नगरपालीका, चन्द्रकोट गाउँपालीका, सत्यवतिगाउँपालीका र रुरु गाउँपालीकाअन्र्तगत पर्ने बढीघाट खोलावरिपरि रहेकावजार र वस्तीहरुमा पनि सुरक्षा सर्तकता बढाईएको गुल्मीकाप्रमुखजिल्लाअधिकारी यदुनाथपौडेलले बताउनु भएको छ ।
वढीघाट खोलाथुनिएपछि मध्य पहाडि लोकमार्ग समेत बन्दभएको छ । बढीघाट थुनिएको स्थानवाग्लुङ्ग सदरमुकामवाट ८५ किलोमिटर उत्तर पश्चिम र गुल्मी सदरमुकामवाट ४५ किलो मिटरदुरिमा पर्दछ ।