भैरहवा, २८ भदौ ।
रुपन्देहीका ३ वटा पेट्रोल पम्पमा संयुक्त बजार अनुगमन टोलीले शिलबन्दी गरेको छ । तोकिएको भन्दा बढी परिमाणमा भारतीय सवारीलाई ईन्धन दिएको आरोप सहित पेट्रोल पम्पहरुलाई शिल गरिएको हो ।
बुधवार जिल्लाको ओमसतिया र रोहिणी गाउपालिका अन्तर्गत पर्ने हुलाकी राजमार्गमा रहेका तिन वटा पेट्रोल पम्पमा छड्के निरिक्षण गर्दा पेट्रोलियम पर्दाथ अपचलन गरेको पाइए पछि अनुगमन टोलिले तिन वटा पेट्रोलिय पम्पमा शिलबन्दी गरेको हो ।
ओमसतिया गाउँपालिका पर्ने सुरज आयल डिष्ट्रिव्युटर्स, रोहिणी गाउँपालिकामा पर्ने जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यु एभरेष्ट आयल सप्लायर्समा शिलबन्दी गरेको संयुक्त बजार अनुगमन टोलि रुपन्देहीका संयोजक तथा साहयक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिएका छन ।
सिमा क्षेत्रमा पर्ने यी पेट्रोल पम्पहरुले नेपाल आयल निगमले दिएको निर्देशन अबज्ञा गर्दे भारतिय नम्बर प्लेटका मालवाहक ट्रक, बस र कारलाई अनाधिकृत रुपमा पेट्रोल तथा डिजल बिक्री बितरण गरेको पाइए पछि शिलबन्दी गरेको संयुक्त बजार अनुगमन टोलि रुपन्देहीका संयोजक तथा सहायकप्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
नेपाली बजारमा पेट्रोलिय पर्दाथ अभाव देखाउदै यी पेट्रोल पम्पहरुले भारतिय बजारमा पेट्रोलिय पर्दाथ अनाधिकृत रुपमा पैठारी गरेको सुचना थाहा पाएपछि नेपाल आयल निगमले कडा निर्देशन दिदै भारतिय नम्बरका मालवाहक ट्रक, बस र कारहरुलाई भारत तर्फ फर्किने बेलामा वढीमा ५० लिटर इन्धन मात्र दिन पाईने सर्कुलर गरेको थियो ।
अनुगमनका क्रममा टोलिले सुरज आयल डिष्ट्रिव्युटर्समा २ सय लिटर डिजल हाल्दै गरेको युपी १७ एट २३५४ नम्बरको बस र १ सय ५० लिटर डिजल भोर्दै गरेको जिजे १० टियु १२१८ नम्बरको ट्रकले भेटाएको थियो । जुन आयल निगमको निर्देशन बिपरित हो । दुबै बस र ट्रक भारत तर्फ जादै गरेका थिए ।
अनुगमन टोलिले जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यु एभरेष्ट आयल सप्लायर्समा समेत भारतिय सवारी साधन, बस र ट्रकले आयल निगमले तोकेका भन्दा बढि इन्धन भर्दै गर्दा भेटाएको थियो ।
यता अहिले बजारमा पेट्रोलियम पदार्थ प्रयाप्त मात्रामा रहेको कारण आफ्नो पम्पमा आउने जो सुकै उपभोक्तालाई माग अनुसार ईन्धन दिन पाउनु पर्ने जिकिर गरेका छन ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले चुनावको समयमा ईन्धन ब्यवस्थापन सहज बनाउन प्रशासनले भारतीय गाडीहरुलाई ५० लिटर भन्दा बढी ईन्धन नदिन भनेको बताए । अहिले ईन्धन प्रयाप्त रहेको अवश्थामा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले चाहिए जति ईन्धन दिन बिक्रि गर्न आदेश दिएको मौखिक सहमति भएको उनले बताए ।
भारतीय बजारमा पेट्रोलको मूल्य नेपालको भन्दा १८ रुपैया प्रतिलिटर र डिजल १६ रुपैया प्रतिलिटर महङ्गो रहेको छ । अनुगमनका क्रममा शिलबन्दी गरिएका पेट्रोल पम्पहरुलाई कडा कार्बाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । बजार अनुगमनलाई समेत निरन्तरता दिने संयुक्त बजार अनुगमन टोलिले बताएको छ ।