भैरहवा, ४ भाद्र
रुपन्देहीको ओमसतिया गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ओमसतिया गाउँपालिकाको आयोजना, वास रुपन्देही र पारदर्शी नेपाल सिद्धार्थनगर रुपन्देहीको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका वासिन्दाहरुले समस्याहरुका बारेमा प्रश्न राखेका थिए ।
कार्यक्रममा गाउँपालिकावासी भण्डारी गुप्ता, पशुपति यादव, सरु राना, भानुभक्त पौडेल, रामचन्द्र भुसाल, राजन खाँ, राम प्रसाद पाण्डे, बाबुराम पौडेल, भानु पौडेल, मोहन चौधरी, चित्रलेखा थारु, तुल्सीराम ढकाल लगायतले गाउँपालिकाका समस्या औल्याउनुका साथै सुझाव पनि दिएका थिए ।
वडाका प्रतिनिधिमुलक तथा आफुलाई लागेको जिज्ञासा राख्नेहरुको एकमुष्ट उत्तर दिँदै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले यस वर्ष गाउँपालिकाको भवन बनाउने कार्य सुरुवात गरिने, कृषि सामाग्री केन्द्र बजेट विनियोजन गरेको तथा पहिले जनताले मालपोतमा तिर्ने कर भन्दा अहिले गाउँपालिकामा तिर्ने कर धेरै कम भएको बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा जनताले विभिन्न समस्या, चुनौति तथा गाउँपालिकाले गर्नु र्ने कार्यको बारेमा प्रश्न सोधेकोमा गाउँपालिकाको बारेमा जनतालाई प्रष्ट्याउँदै प्रमुख प्रशासकीय अधिकृत नेपालले गाउँपालिकामा गुरुयोजना बनाउने उद्धेश्यका साथ ४० लाख बजेट बिनियोजन गरेको बताए । त्यसै गरी सार्वजनिक जग्गा कति छन् भनेर लगत संकलन गर्न समिति समेत बनाइएको बताउँदै उक्त कार्यका लागि १५ लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत नेपालले जानकारी दिए । कार्यक्रममा ओमसतिया गाउँपालिका अध्यक्ष अध्यक्ष हिरा केवट(राहुल)ले कर्मचारी वा जनप्रतिनिधि कसैले गलत गतिविधि गरेमा सम्पूर्णले समयमा नै खबरदारी गर्नुपर्ने बताए । उनले गाउँपालिकाले एक घर एक करेसाबारीको नीति लिएको बताए । कार्यक्रममा गाउँपालिकाका शिक्षा संयोजक हरि प्रसाद
पोख्रेल, वडा नं २ का वडा अध्यक्ष ज्ञानेश श्रेष्ठ, वडा नं ४ का वडा अध्यक्ष मसहुर मुसलमान, ५ का वडाअध्यक्ष ओम प्रकाश कुर्मी, वडा नं. ६ का वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शिव कुमार धवल लगायतले मन्तव्य व्यक्त राखेका थिए । बास रुपन्देहीका अध्यक्ष विजया खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।