दाङ, ४ भाद्र
दाङमा ठूलो परिमाणमा लागु औषध चरेससहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । ६० किलो चरेससहित पक्राउ परेका पाँच जनालाई प्रहरी आइतवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले ६० किलो चरेस सहित ३ जना पुरष र २ जना महिलालाई पक्राउ गरेको पत्रकार सम्मेलनमा दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा रुकुम मुसिकोट नगरपालिका वडा नं. ११ निवासी ४५ वर्षीय प्रेमबहादुर घर्ती, सल्यान दार्मा गाँउपालिका ५ निवासी ३५ वर्षीय डिल्लीराज चन्द, रुकुम पुर्थाउत्तरगंगा गाँउपालिका वडा नं. १ निवासी ३० वर्षीय रुमा घर्ती, रुकुम भुमे गाउँपालिका वडा नं. २ निवासी २७ वर्षीया सपना पुन र सोही ठाउँ निवासी धुव्रजंग बुढा रहेका छन् । पक्राउ परेका मध्ये धुव्रजंग बुढा र सपना पुन पति पत्नी रहेको एसपी शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए । दाङमा एकै साथ यति ठूलो परिमाणमा लागु औषध चरेस बरामद भएको पहिलो पटक हो । एससी शर्माका अनुसार उनीहरुलाई गोप्य सूचनाको आधारमा दाङ देउखुरी क्षेत्रको लमही नगरपालिका वडा नं. ९ स्थित अमेलिया जंगल क्षेत्रबाट पक्राउ गरिएको हो । प्रहरीले गत शुक्रवार मात्रै १० किलो चरेस सहित २ जनालाई सोही स्थानवाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरु मथि गरिएको थप अनुसन्धानले सोही स्थानबाट थप ५० किलो चरेश समेत गरि कुल ६० किलो चरेससहित पाँच जना पक्राउ परेको एसपी शर्माले दिए । यसैबीच एसपी शर्माले पक्राउ परेका मध्य दुई जना कारोबारी रहेको र अन्य तीन जना भने भरिया रहेको भन्ने खुल्न आएको भएपनि अनुसन्धान जारी रहेको जानकारी दिए । उनले पक्राउ परेकाहरुका विरुद्ध लागुऔषध ऐन अन्तरगत मुद्दा दायर गरेर कारवाहीको पक्रिया सुरु गएिको बताए ।