बुटवल,माघ ५ –
ब्लड क्यान्सर जस्तो भयानक रोगसंग लड्दै गरेकी शंकरनगर निवासी ८ महिने बालिका मिदिशा शर्माको उपचारमा आर्थिक सहयोग जुटाउन पाल्पाको टुडिखेलमा लोक सांस्कृतिक कार्यक्रम हुदैछ ।
माघ ६ गते शनिबारका दिन हुने सो कार्यक्रम बिदशाको उपचारका लागि नै आयोजना गरिएको करियर ग्रुप नेपालका अध्यक्ष कृष्णप्रसाद भट्टराइले बताए ।
हाम्रो सानो प्रयास र सहयोगले कसैको ओठमा हाँसो र कसैको पिडामा मल्हम लगाउन सक्छ भने हामीले पनि मानवताको नाताले सानो सहयोग किन नगर्ने भनेर करियर ग्रुप नेपाल र एस आर इन्टरटेन्मेन्ट प्रा लिले संयुक्त आयोजनामा कार्यक्रम राखेको उनले बताए । बालिकाको पिडालाइ आफ्नो सम्झेर सहयोग गरिदिनुहुन पनि उनीहरुको आग्रह छ ।
मिदिशाका बुबा मिनप्रसाद शर्मा र आमा साबित्रा शर्माले छोरीको जीवनरक्षाका लागि सहयोगको अपील गरे
सो कार्यक्रममा राष्ट्रय तथास्थानीय कलाकारको प्रस्तुती रहनेछ । यता मिदिशाका बुबा मिनप्रसाद शर्मा र आमा साबित्रा शर्माले छोरीको जीवनरक्षाका लागि सहयोगको अपील गरेका छन् ।
मिदिशाका बाबु मिनप्रसादले सबैले सक्दो सहयोग गरिदिन आग्रह गरे ।
बिदिशाको भारतको राजीज गान्त्री क्यान्सर अस्पतालमा उपचार भैराखेको छ । उनको उपचारमा कम्तीमा ३० लाख लाग्ने अनुमान गरिएको छ ।