नवलपरासी, २८ बैशाख ।
चुनावी होडबाजीले नवलपरासीमा आचारसंहिता विपरित प्रचार प्रसार भैरहेको छ ।
स्थानिय चुनावमा जनशक्ति प्रदर्शन गर्न र जनतामा चुनावी प्रभाव पार्न भडकिलो रुपमा प्रचार प्रसार भैरहेको छ जुन अचारसंहिता भन्दा विपरित छ ।
चुनावको मिति नजिकिदै जाँदा उम्मेदवारहरुले चुनावी प्रचार प्रसारमा तिब्रता ल्याउदै प्रचार प्रसारमा होडबाजी गर्न थालेका छन् । दलहरुले आ–आफनो उम्मेदवार जिताउन आचारसंहिता विपरित प्रचार प्रसार सामाग्री बनाएर मतदाता रिझाउन लागीपरेको अवस्था छ ।
दलहरुले प्रचार प्रसारमा बढि जनशक्ति नेता कार्यकर्ता प्रर्दशन गर्ने , भोज भतोर गर्ने, मोटरसाईकल तथा सवारी साधन ¥याली निकाल्ने, अनुमति नलिईकन बढि सवारी साधन प्रयोग गर्ने, ठुला ठुला झण्डा पोष्टरहरु झुण्डाउने, चुनाव चिन्ह भएको रुमाल, टोपी, टिसर्ट हरु समेत वितरण गर्ने कार्य गरेको प्रत्यक्ष हेर्न सकिन्छ ।
त्यस्तै चुनावमा बालबालिका प्रयोग भएका छन् । अनुमति विना मतदाताको घरघरमा, मालसमान तथा यात्री सवारी साधन समेतमा झण्डा पोष्टर झुण्डाउने काम भएको छ साथै उम्मेदवारहरुले निर्वाचन आयोगद्धारा तोकिएको चुनाव खर्च भन्दा बढि रकम खर्चिदै आएका छन् ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ४ र ५ निर्वाचन प्रचारप्रसारमा मोटरसाइकल, मानिस, मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारीसाधनको ¥याली गर्न वा गराउन नहुने’ उल्लेख रहेको छ ।
त्यस्तै प्रत्येक उम्मेदवार दुईभन्दा बढि सवारी साधन चुनावमा प्रयोग नपाउने, भोजभतोर गर्न नपाउने, ३(५ फिट भन्दा ठुलो झण्डा पोष्टर प्रयोग नगर्ने, बालबालिका प्रयोग गर्न नपाउने , सरकारी तथा धार्मिक क्षेत्र प्रयोग नगर्ने, तोकिएको खर्च भन्दा बढि खर्च गर्न नपाईने लगायतका बुँदाहरु समेटि आचारसंहिता बनाइएपनि दल तथा उम्मेदवारहरुले ठिक आचार संहिता विपरित प्रचार प्रसार गरिरहेको पाइएको छ ।
पहिलो चरणको निर्वाचनमा जिल्लामा १५ स्थानिय तह मध्ये प्रदेश न। चारका आठ वटा स्थानिय तहमा निर्वाचन हुदैछ ।
जस अनुसार नगरपालिका तर्फ , गंैडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र गाउँपालिका तर्फ बुलिङ्गटार, बुंदिकाली, हुप्सेकोट, बिनयी त्रिवेणी मा निर्वाचन हुदै छ ।
नवलपरासीको प्रदेश न। चारमा करिब एक सय ३२ मतदानस्थल र दुई सय सय ८७ मतदान केन्द्र रहनेछन् छ भने सो क्षेत्रमा कुल १ लाख ८१ हजार ९ सय ९९ मतदाता संख्या रहेको निर्वाचन कार्यलयले जानकारी दिएको छ ।
नवलपरासीमा हाल ६ वटा निर्वाचन क्षेत्र छन् ।
जसमध्ये क्षेत्र न। १ , २ र ३ मा पहिलो चरणमा निर्वाचन हुदैछ । यी क्षेत्रमा नेपाली काÒग्रेस , नेकपा एमाले , माओवादी केन्द्र विच प्रतिष्पर्धा देखिन्छ ।
राज्य पुन संरचना अन्तर्गत नवलपरासीमा हाल सात नगरपालिका र आठ गाउँपालिका गरी १५ वटा स्थानिय तह काम भएपनि पहिलो चरणमा प्रदेश न। चारका आठ वटा स्थानिय तहमा निर्वाचन हुदैछ । पहिलो चरणमा निर्वाचन हुन लागेको प्रदेश न। चार अन्तर्गतको आठ वटा स्थानिय तहमा गरी एक सय १२ मतदानस्थल र दुई सय २८ वटा मतदान केन्द्र रहने छन् ।
पहिलो चरणमा हुन लागेको निर्वाचन अन्तर्गत नवलपरासीको प्रदेश न। चारमा कुल एक लाख ८६ हजार आठ सय ८१ जना मतदाता सङ्ख्या रहेकोमा जसमध्ये तेस्रोलिङ्गी मतदाताको सÒख्या तिन रहेको छ ।