बुटवल,बैसाख २७ ।
बिश्वभरका हरेक समस्या समाधानका लागि बुद्ध उपदेश नै उत्तम हुने सरोकारवालाले बताएका छन् ।
उनीहरुले संसारका जुनसुकै स्थानमा पनि भैरहेका हरेक समस्यलाइ समाधानका लागि बुद्धले दिएका उपदेशलाइ सहि तरिकाले कार्यान्वयन गर्न सक्नुपर्ने औंल्याए ।
२५६१ औं बुद्ध जयन्तीको अबसरमा बुद्ध सामुदायिक टेलिभिजनले आयोजना गरेको अन्तरक्रिया तथा भित्तेपात्रो बिमोचन कार्यक्रमका सहभागिले यस्तो बताएका हुन् ।
सोहि अबसरमा टेलिभिजनले पहिलो पटक प्रकासन गरेको भित्तेपात्रोको बिमोचन पनि गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकालले बुद्ध शिक्षा र उनले दिएका पञ्चशीलको सबैले पालना गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै बिद्धानबक्ता चौतन्य कृष्णले मानिषले त्याग गर्न भगवान गौतमबुद्धबाट सिक्नुपर्ने भन्दै संसारका सबै सुख सुबिधा त्यागेर ज्ञानको खोजीमा निस्कने महान गौतमबुद्धलाइ सबैले सम्मान गरिरहनुपर्ने बताए ।
बुटवल बहुखुखि क्याम्पसका सहप्राध्यापक प्रा डा बाबुराम ज्ञवालीले बुद्धकै बाटोमा हिडेमा नेपालमा देखिएको राजनैतिक समस्या निराकरण हुने धारणा राखे ।
शान्तिका लागि सञ्चार अभियानद्वारा संचालित बुद्ध टेलिभिजनका अध्यक्ष पृथ्वी फौजदारको अध्यक्षतामा भएको कार्यक्रममा टेलिभिजनका कार्यकारी प्रमुख बिष्णप्रसाद भुसाल,लेखा समिति संयोजक गंगाराज सापकोटा,बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, ,सुरक्षित यात्रा नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बेल्बासे, कांग्रेस नेता रामबहादुर कार्की,नेपाल प्रेस युनियनका रुपन्देही सभापति तथा टेलिभिजनका समाचार प्रमुख बिक्रम खड्का,कार्यक्रम प्रमुख खेमराज रेग्मी लगायतले बोलेका थिए ।