नवलपरासी, २६ बैशाख ।
चुनावी प्रचारप्रसार प्रयोग गरिएको टाटा सुमो आज विहान अज्ञात समूहले कावासोतीमा आगजनी गरिदिएका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक राजेश थापाका अनुसार शंकर ढकालको बा १३ च ७१५० सुमो टाटा गाडीमा उनकै घरमा राखेको अवस्थामा आगजनी भएको हो ।
राप्रपाबाट कावासोती १४ को वडा अध्यक्षमा उमेदवारी दिनुभएका लालप्रसाद बरालले चुनावी प्रचार प्रचारमा प्रयोग गरेको उक्त गाडीमा आगजनी गरेको हो । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
थकाली चोकको शंकर ढकालको घर राखेको अवस्थामा अज्ञात समूहले उक्त गाडीमा आगजनी गरेका थिए ।उमेदवार बरालले यस्तो घटना निन्दनीय भन्दै दोषी पत्ता लगाइ कारवाही गर्न माग गरेका छन् ।