काठमाडौं, वैशाख १५
राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तह निर्वाचनको अनुगमन गर्ने भएको छ ।
आयोगले निर्वाचनअघि, निर्वाचनको समय र निर्वाचनपछि गरी तीन चरणमा मानवाधिकारको सुनिश्चितता सम्बन्धमा देशव्यापी रूपमा अनुगमन गर्ने आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी दिए ।
अनुगमनका लागि आयोगले यसै हप्तादेखि मानवाधिकार अधिकृतको टोली अनुगमनका लागि खटाउने भएको छ ।
उनले अनुगमन टोलीले राजनीतिक दलहरूले शान्तिपूर्वक भेला तथा विचार अभिव्यक्त गर्न पाएरनपाएको तथा राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भएरनभएका सम्बन्धमा अनुगमन गर्ने बताए।
उनका अनुसार मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था, राजनीतिक दलद्वारा निर्वाचनका क्रममा हुन सक्ने मानव अधिकार हनन, अपाङ्गता भएका व्यक्ति– जेष्ठ नागरिक– अल्पङ्ख्यकलगायत सबै नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता, ‘स्थानीय तह निर्वाचन आचार संहिता, २०७३’ मा उल्लिखित मानवाधिकारसम्बन्धी विषय, समग्र सुरक्षा स्थितिलगायत विषयमा समेत अनुगमन गर्नेछ ।