पौडेल एमालेभित्रको ‘तानाशाह ज्ञानेन्द्र ’
बुटवल,बैसाख ८ –
बुटवलको मेयरमा आकांक्षी रहेका बुटवलका बरिष्ठ पत्रकार बालकृष्ण चापागाइले आफूलाइ पार्टिले अबमुल्यन गरेको गुनासो गरेका छन् ।
बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले बुटवलको मेयर पदमा एमाले उप-महासचिब बिष्णु पौडेलले आफ्नो गोजीबाट उम्मेदबार ल्याएर आफूहरुको योगदान र भूमिकालाइ निरुत्साहित गरिएको भन्दै आपत्ती जनाए ।
करिब ४५ मिनेटको पत्रकार सम्मेलनमा उनले एमाले भित्रको गुटका कारण पार्टी धरापमा परेको चिन्ता समेत गरे ।
३८ बर्षे राजनीतिक जीबनमा उनले बुटवलमा आफूले अनेरास्वबियुको स्थापना,युवासंघ देखि प्रेस चौतारी, पत्रकार महासंघको संस्थापक सभापति भएर काम गरेपनि एमाले उपमहासचिब बिष्णु पौडेलको ठाडो निर्देशनमा टीकट नदिएकोमा पौडेललाइ उक दिन पश्चाताप हुने दाबि गरे ।
चापागाइले भने—‘हाम्रा माननीय बिष्णु पोडेललाइ हामीले सधैं जिताउनुपर्ने,कहिले पाल्पा, कैले स्याङ्जा,कैले बुटवल,कैले नवलपरासी ?’उहालाइ पर्दा हामी सधैं कांध थाप्ने अैले हामीलाइ सडकमा ल्याउने ?’उहालाइ मेरो नाम काट्ने अधिकार कस्ले दियो ।
आफूले चाहेको मात्रै सहि जनता र कार्यकर्ताले चाहेको सबै बेकार र गलत ?उनले अब बुटवलमा आफु मेयर नलड्ने भन्दै अब प्रदेशको मुख्य मन्त्री बन्ने दाबि गरे ।
उपमहासचिब पौडेलसंग निकै आक्रोशीत बनेका चापागाइले आफु पौडेलभन्दा कुनै पनि कुरामा कमजोर नभएको बताए ।
उनले पौडेललाइ एमालेभित्रको ‘तानाशाह ज्ञानेन्द्र ’भनेर टीप्पणी गरे ।
एमाले उपमहासचिव पौडेलको कडा आलोचना र रचनात्मक सुझाव दिदै चापागाईंले राजा ज्ञानेन्द्रकोभन्दा पनि बढी शक्ति छ भन्ने पुष्टि गर्दा एमालेलाई ठूलो धोका हुन सक्ने चेतावनी दिए ।
‘विष्णु पौडेलभन्दा कुन मानेमा म कमजोर छु, उनले भने । पौडेल माथिल्लो पदमा पुगेको व्यक्ति भएकाले आदरणीय नेता भएको भन्दै चापागाईंले पदको दुरुपयोग गर्ने कुचेष्ठा गर्दा ठूलो धोका हुने बताए ।
दुई–दुई पटक सांसद भएको नेताको आफ्नो निर्वाचन क्षेत्रमा जनताले भेट्ने आवास हुनुपर्ने भन्दै उनले पौडेलले घर बनाउन नसके आफैले कार्यकर्ता भेट्ने कटेज बनाइदिने घोषणा समेत गरे ।
स्थानीय तहको निर्वाचनमा अव मेयर पद दिए पनि नलड्ने भन्दै उनले अवको आफ्नो इच्छा एमालेलाई बलियो बनाउदै प्रदेश नम्बर पाँचको मुख्यमन्त्री हुनेमा केन्द्रीत हुने बताए ।
‘३८ वर्ष विभिन्न क्षेत्रमा रहेर अनुभव बटुलें, रुपन्देहीमा त्यसको कदर भएन, अव साच्चिकै राजनीति गर्ने बेला आएको महसुस गरेको छु ।आजसम्म एमालेको श्रीवृद्धिमै जीवन अर्पित गरेको छु, उनले भने ।
रुपन्देहीको अनेरास्ववियुको संस्थापक सचिव र अध्यक्ष हुदै लुम्बिनी अञ्चलमा एमालेको संगठन निर्माणमा निष्ठापूर्वक लागेको कुरा स्मरण गर्दै उनले पार्टीको हित र संगठन निर्माणका क्रममा पाएको दुःख, गरेको संघर्ष, प्रहरी दमन र आक्रमणको रुपन्देहीमा नेतृत्वले मुल्यांकन नगरेकोमा उनले चिन्ता व्यक्त गरे ।
भाषणको क्रममा भावुक भएका उनले नेताले कार्यकर्ताको सही मुल्यांकन गर्न सक्नुपर्छ । कुन ठाँउमा कस्को भूमिका महत्वपूर्ण छ, कस्को क्षमता कति छ र कुन कार्य कुशलतापूर्वक पूरा गर्न सक्छ त्यसलाई नेतृत्वले बुझ्न सक्नुपर्छ ।
कार्यकर्तालाई न्याय दिन नसक्ने व्यक्ति दीर्घकालीन राजनेता हुन नसक्ने ठोकुवा गरे ।पञ्चायत र राजतन्त्रका विरुद्धमा ज्यानको बाजी लगाएर आफू पार्टीका लागि होमिएको भन्दै एउटा नेताको रचनात्मक आलोचना गर्नका लागि आफूलाई कुनै संकोच नभएको बताए ।
‘म एमालेको नीति विपरीत लाग्ने कुरा सोच्न समेत सक्दिन, मलाई सबैभन्दा प्यारो पार्टी लाग्छ किनकी पत्रकारिता र पारिवारिक जीवन त पछि शुरु भएका हुन् । त्यसैले मेरो जीवनमा सबैभन्दा ठूलो लगानी एमालेको श्रीवृद्धि गर्नमा लागेको छ । यो कुरा विष्णु पौडेलले बुझ्नु पर्ने कि नपर्ने ?, उनले भने ।
लुम्बिनी अञ्चलका नेताहरु विष्णु पौडेल, घनश्याम भुसाल, गोकर्ण विष्ट लगायतका नेतासंग राजनीतिमा गरेको योगदान र पार्टी राजनीतिका बारेमा आफू फेस टु फेस भएर छलफल गर्न तयार रहेको बताए ।