बुटवल,बैसाख ५ ।
नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी ब्युरोले बुटवलमा गरेको जनजागरण तथा प्रतिरोध सभामा प्रहरीले हस्तक्षेप गरेको छ । बुटवलको टा«फिकचोकमा सभा गरिरहेका बेला बुटवल प्रहरीले सभा बिथोलेको हो ।
सभाअघि नेपाल कम्युनिष्ट पार्टीले राजमार्ग चौराहाबाट नगरपरिक्रमा समेत गरेको थियो ।सभामा नेपाल सरकार मुर्दाबाद,भारतीय बिस्तारबाद मुर्दाबाद लगायतका अप्रिय नारा गुन्जिएका थिए ।
नेपाल कम्युनिष्ट पार्टीले सभा गर्ने भनेपछि बिहानैदेखि प्रहरीले सुरक्षा सर्तकता अपनाएको थियो । सभामा स्थानीय तहको निर्बाचनको बिरोध समेत गरिएको थियो ।
बिप्लव माओबादी सभामा पार्टीका स्थायी कमिटि सदस्य सन्तोष बुढामगर,पोलिट ब्यूरो सदस्यओम पुन र चन्द्र बहादुर चन्द बिरजंग लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाले ‘पञ्चायती सरकार’ भन्दै बर्तमान सरकारको कडा टीप्पणी गरे ।
प्रमुख अतिथि बोल्दाबोल्दै कार्यक्रम बिथोलिएको हो । प्रहरी हस्तक्षेपपछि नेपाल कम्युनिष्ट पार्टीले कार्यक्रम बिथोलिएकोमा प्रहरी प्रशासनको बिरोध गरेको छ ।