बुटवल,बैसाख ३ ।
राजद्रोहको मुद्धा लागेका सिके राउतलाई बुटवल प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीको कमाण्डमा खटिएको टोलीले मकवानपुरको हेटौंडाबाट पक्राउ गरेर बुटवल ल्याएको हो ।
डा. राउत स्वतन्त्र मधेस गठबन्धनका संयोजक समेत हुन् ।
बुटवल प्रहरीले पक्राउपछि अहिले उनलाइ जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पुर्याएकोे छ ।
उनको मुद्धा र अनुसन्धान जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गर्ने जनाइएको छ ।
स्थानीय तहको निर्बाचनको संघारमा उनी पक्राउ परेका हुन् । थप अनुसन्धान जारी रहेको प्रहरी अधिकारीले जनाएका छन् ।
प्रहरीले थप बिषयमा जानकारी दिएको छैन । राउत केहिदिन अघि सिराहाबाट थिए ।