बुटवल,पुस २८-
उद्योग मन्त्री नविन्द्रराज जोशीले सरकार उद्योग संञ्चालनका लागि कानुनी रुपमा आवश्यक ऐन, नियम, नियमावली तयार पार्न लागी परेको बताउनु भएको छ ।
उहाँले उद्योगी व्यवसायीहरुको लगानी सुरक्षित बनाउन र ठप लागानी भित्राउनका लागि औधोगिक वातावरण तयार गर्ने कार्यमा जुटेको बताउनु भयो ।
आज देखि रामपुर उद्योग वाणिज्य संघको आयोजनामा पाल्पाको रामपुरमा हुन गैरहेको प्रथम रामपुर महोत्स तथा व्यपार मेलाको उद्घाटन गर्दै मन्त्री जोशीले उद्योग क्षेत्रको विकासको लागि औधोगिक विकास ऐन आएको र अब वैदेशिक लगानी सम्बन्धी ऐन पनि आउने तयारीमा रहेको बताउनुभयो ।
उहाँले वैदेशिक लगानी ऐन उद्योग मन्त्रालयले तयार पारी अन्य मन्त्रालयलाई सुझावको लागि पठाएको बताउँदै केहि दिनमा क्याविनेट प्रस्तुत हुने जानकारी दिनु भयो ।
साथै उहाँले अर्को हप्ता कम्पनी ऐन पास गर्ने समेत बताउनु भयो । उहाँले बैदेशिक लगानी भित्राउन आगामी फागुनमा अन्तराष्ट्रि स्तरको सम्मेलन गर्न लागेको जानकारी दिनु भयो । जोशीले उद्योग मन्त्रालयले माघ २ गते देखि अनलाईन बाट उद्योग दर्ता गर्ने नयाँ व्यवस्था गर्न लागेको समेत जानकारी दिनुभयो । उहाँले संविधनको घोषणा पछि राजनैतिक दल र सरकारको ध्यान जनताको जिवनमा आमुल परिवर्तन गर्नु तर्फ रहेको बताउनुभयो ।
उहाँले हाल सरकारले नेपाल औषधि उद्योग लिमिटेड सुरु गरेको बताउँदै केहि महिना भित्र औषधि उत्पादन गर्ने र हाल मुल्यमा सस्तो र गुणस्तरिय औषधि उत्पादन गर्न तर्फ उद्योगले ध्यान दिएको बताउनु भयो । साथै हेटौडा कपडा उद्योग पनि संञ्चालनको क्रममा रहेको बताउनु भयो ।