देवदह पुस २३ ।
रुपन्देहीको तिलोत्तमा–१६ भूपु सैनिकमा कालोपत्रे बाटो निर्माण शुभारम्भ गरिएको छ । उक्त कालोपत्रेबाटोको सांसद अब्दुल रज्जाकले एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको हो ।
सो बाटो सांसद पूर्वाधार विकास कोष तथा स्थानिय जनताको आर्थिक सहयोगमा कालोपत्रे निर्माण कार्य सुरु गरिएको उपभोक्ता समूहले जनाएको छ ।
सो बाटो करिव १ करोडमा करिव २६ सय मिटर बाटो निर्माण कार्य सम्पन्न गर्ने जनाइएको छ ।
कालोपत्रे बाटो निर्मााको लागि सांसद विकास कोषबाट १० लाख र ९० लाख स्थानीयवासीको सहयोगमा निर्माण कार्य सम्पन्न गर्ने कालोपत्रे बाटो निर्माण समितिले जनाएको छ ।
सो अवसरमा बोल्दै सांसद रज्जाकले क्षेत्र नं १ को समग्र विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाले विकास निर्माणका लागि राज्यको मुख ताक्नु भन्दा पनि स्थानिय स्तरमै भएका श्रोत र साधनको प्रयोग गरि विकास निर्माण गर्नुपर्ने बताउनु भयो ।
बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्रध्वज विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्री, महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेल, एकबहादुर सुनार, नेकपा माओवादी केन्द्रका बलबहादुर घर्ती, समाजसेवी झमसरा छन्त्याल लगायतले बोल्नु भएको थियो।
विनिता श्रीषको स्वागत र तेजबहादुर कुवरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।