चन्द्रौटा(कपिलवस्तु), १४ पुस ।
कपिलवस्तुका
ले जिल्लाको समग्र शान्ति सुरक्षाका लागि आफू कटिबद्ध रहेको बताउनुभएको छ ।
व्यापार संघ कपिलवस्तुले जिल्लाको चन्द्रौटामा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ ढकालले यस्तो बताउनुभएको हो । जिल्लाको सम्बेदनशीलतालाई मध्यनजर गर्दै शान्ति सद्भाव र अमनचयन कायम गर्नु आफ्नो पहिलो दायित्व रहेको प्रजिअ ढकालले भन्नुभयो । यसका लागि सबैको सहयोग र सहकार्यको खाँचो रहेको उहाँले जिकिर गर्नुभयो ।
रुपन्देहीबाट हालै कपिलवस्तु आएका प्रजिअ ढकालले जिल्ला ऐतिहासिक, पुरातात्विक, पर्यटकीय स्थलले भरिपूर्ण जिल्ला भएकाले यसको विकास, संरक्षण र प्रवद्र्धनका लागि सबैसँग सहकार्य र समन्वय गरी अगाडि बढ्ने बताउनुभयो । प्रजिअ ढकालले भारतसँग सीमा जोडिएको जिल्ला भएकाले यहाँ हुने विभिन्न किसिमका अपराधिक गतिविधि, चोरी तस्करी, मानव बेचविखन, लागू औषध ओसारपसार लगायतका घटनामा कमी ल्याउन कडाईका साथ लाग्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
आम जनतालाई सहज तरिकाले सेवा प्रवाह गर्न र शान्ति
सुरक्षाको प्रत्याभूति दिलाउन सेवाप्रदायक र सुरक्षा निकायलाई उहाँले कडा निर्देशन समेत दिनुभयो । जिल्लाका विभिन्न निकायमा भ्रष्टाचार भएको जनगुनासो आएमा कार्यालय प्रमुखसँग नै स्पष्टीकरण लिने र कारवाही गर्ने उहाँले चेतावनी दिनुभयो । राजनीतिक र जातीय दवावमा कुनै पनि अपराधीलाई छुट नदिने समेत उहाँले उद्घोष गर्नुभयो । अर्को प्रसंगमा शान्ति सुरक्षामा संचारमाध्यमको महत्वपूर्ण भूमिका रहेको औल्याउँदै आफू संचारमैत्री भई काम गर्ने प्रजिअ ढकालले बताउनुभयो ।
कार्यक्रममा व्यापार संघका अध्यक्ष महादेव पोखरेलले प्रमुख जिल्ला अधिकारी ढकाललाई स्वागत गर्दै बुद्धको मूर्ति अंकित मायाको चिनो प्रदान गर्नुभएको थियो । बुद्धले दिएको सन्देशलाई अवलम्बन गर्दै काम गर्न व्यापार संघ अध्यक्ष पोखरेलले जिकिर गर्नुभयो । यसका साथै सम्पूर्ण व्यापारी, व्यवसायीको हकहितलाई मध्यनजर गर्दै व्यापारी तथा उपभोक्तालाई सहज वातावरण सृजना गर्न प्रजिअ ढकाललाई पोखरेलले अनुरोध गर्नुभयो । यसैगरी कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, व्यापारी, व्यवसायी, मानवअधिकारकर्मी, संचारकर्मी लगायतले चन्द्रौटाक्षेत्रको बस्तुस्थितिबारे अवगत गराएका थिए ।