६ डिनमध्ये तीन कांग्रेस, दुई माओवादी र एक एमालेको भागमा
काठमाडौं, १३ पुस –
त्रिभुवन विश्वविद्यालयका विभिन्न संकाय र संस्थानमा दलीय भागबन्डाका आधारमा डिन र निर्देशक नियुक्ति गरिएको छ । त्रिवि कार्यकारी परिषद् बैठकले ठूला पार्टीलाई भागबन्डा गरी ६ डिन र तीन अनुसन्धान केन्द्रमा कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
लामो समयदेखि निमित्त र तीनमहिने डिनबाट चल्दै आएको त्रिविमा कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसवादी दलको भागबन्डामा कुरा मिलेपछि नियुक्त गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयका प्रवक्ता भोला ढकालले मंगलबार बसेको कार्यकारी परिषद् बैठकले संस्थान र संकायअन्तर्गत तीन–तीनजना डिन नियुक्त भएको जानकारी दिए । तीन अनुसन्धान केन्द्रमा पनि कार्यकारी निर्देशक नियुक्त भएका छन् । नियुक्त भएका ६ डिनमध्ये तीन कांग्रेस, दुई माओवादी र एक एमालेको भागमा परेका छन् ।
डिन र निर्देशकद्वारा पदभार ग्रहण
नवनियुक्त डिनहरूले मंगलबार नै पदभार ग्रहण गरेका छन् । सोमबार डिन नियुक्तिका लागि परिषद् बैठकमा छलफल भए पनि भागबन्डा नमिल्दा निर्णय हुन सकेको थिएन । त्रिविका एक पदाधिकारीका अनुसार दलीय भागबन्डा र पार्टीबीचको गुटमा समेत कुरा नमिल्दा नियुक्तिमा ढिलाइ भएको थियो । १४ पुसमा हुने त्रिवि दीक्षान्त समारोहलाई लक्षित गरी एकैपटक डिन र निर्देशक नियुक्ति गरिएको हो ।
आइओएममा विवाद मिल्यो :
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान ृआइओएमे मा डिन नियुक्तिका विषयमा उत्पन्न विवद समाधान भएको छ । आमरण अनशनमा बसेका प्रा।डा। गोविन्द केसीको माग पूरा गर्न आइओएममा प्रा।डा। जगदीशप्रसाद अग्रवाललाई नियुक्त गरिएको थियो ।
सो निर्णयपछि आइओएमका प्राध्यापकहरू आन्दोलनमा उत्रेका थिए । आइओएमको डिन पारदर्शी रूपमा नियुक्त गर्नुपर्ने, अग्रवालले डिनबाट राजीनामा दिनुपर्नेलगायतका माग राखेर तालाबन्दीमा उत्रेका प्राध्यापक र आइओएम व्यवस्थापनबीच सहमति भएपछि सोमबारदेखि आन्दोलन टुंगिएको थियो ।
त्रिविले आइओएमका पूर्वडिन प्रा।डा। चन्द्रकान्त अधिकारीको संयोजकत्वमा बनेको समितिले सिफारिस गरेको डिन नियुक्त मापदण्ड अग्रवालले समेत मान्ने सहमति भएपछि २२ दिनमा आन्दोलन टुंगिएको थियो । आन्दोलनमा उत्रेका प्राध्यापक पढाइमा समेत सहभागी भएका थिएनन् ।
आन्दोलनका कारण ढिलाइस्
त्रिवि विभिन्न आन्दोलन तथा भागबन्डाको दबाबका कारण निर्णयविहीन हुँदै गएको छ । डा। केसीको आमरण अनशन तथा भागबन्डाका लागि प्राध्यापकहरूका वैचारिक संगठनहरूको दबाब, पार्टीका गुटभित्रकै विवादका कारण त्रिविले समयमै निर्णय गर्न सकेको थिएन । त्रिवि उपकुलपति प्रा।डा। तीर्थ खनियाँ अरू धेरै कुरा जोडिएकाले निर्णयमा ढिलाइ भएको बताउँछन् ।
केही समय चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्तिको विषय तथा अन्य विभिन्न कारण जोडिएकाले निर्णय प्रक्रियामा ढिलाइ भएको खनियाँको भनाइ छ ।