बुटवलका बरिष्ठ समाजसेवी गणेशमान सैंजूको आज विहान निधन भएको छ ।
लामो समयदेखि निमोनियाबाट ग्रसित सैंजूको उपचारका क्रममा लुम्बिनी अन्चल अस्पतालमा आज विहान निधन भएको हो । ८५ बर्षीय सैंजुको निधनले बुटवलले एउटा साझा व्यक्ति गुमाएको छ ।
८५ बर्ष पुग्दा पनि सक्रिय रुपमा सामाजिक काममा सैंजु सक्रिय हुनुहुन्थ्यो ।
घरमा वृद्ध बुवाआमा अरुको सहारामा समाजसेवामा लागेका सैजुले विभिन्न संस्थाको जन्म गराउनुभएको थियो ।
विश्व हिन्दु महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष , रुपन्देही अध्यक्ष,नवजागृती पुस्तकालय, शिवकुमारी संैजु वृद्धाआश्रम, नवजागृती सामाजिक भवन ट्रष्ट लगायतका सामाजिक संघसंस्थाका अध्यक्ष गणेशमानको निधनले ठूलो क्षती पुगृेको छ ।
पाल्पा जन्मिएर बुटवलमा २०१५ सालदेखि व्यपार व्यवसायमा सैजू लाग्नुभएको थियो ।
सैंजूको यसअघि नै ‘कर्मयोगी समाजसेवी गणेशमान सैंजू ब्यक्तित्व र योगदान ’नामका ग्रन्थ प्रकाशीत भैसकेको छ ।
१९९० साल साउन १६ गते पाल्पामा जन्मिएका उनको परिवारमा १३ जना सदस्य छन्। उनका ५ छोरी ,२ छोरा छन् ।
स्व. सैंजूको निधनप्रती हाम्रो पनि श्रद्धासुमन ।