बुटवल, ९ पुस । छन्दवादी समाज नेपाल रुपन्देहीले प्रदान गर्ने सम्मान ‘छन्द तपस्वी–२०७३’ बाट प्राध्यापक डा. विष्णुराज आत्रेय (लाटो साथी) र ‘छन्द रथी–२०७३’ बाट डा. देवी नेपाललाई अभिनन्दन गरिएको छ । छन्दवादी कविता लेखन कार्यमा योगदान पु¥याए वापत उहाँलाई उक्त साहित्य सम्मानबाट अभिनन्दन गरिएको हो ।
छन्दवादी समाज नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १७ तिनधुरे स्थित जनता माध्यमिक बिद्यालयमा आयोजित बृहत छन्द महोत्सव–२०७३ को
अवसरमा उहाँहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर अभिनन्दन गरिएको हो ।
उहाँहरुलाई अभिनन्दन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग प्रमुख डा. अमर गिरीले छन्द कबिताको संख्यात्मक बिकास भएपनि गुणात्मक बिकास हुन नसकेको बताउँदै अव कबिहरु कबिताको गुणस्तर बिकासमा लाग्नुपर्ने बताउनु भयो । उहाँले साहित्य समाजको दर्पण पनि भएकाले दर्पण राम्रो भएन भने समाजको सचित्र पनि राम्रोसंग उतार्न नसकिने उहाँको भनाई छ ।
अभिनन्दित भएपछि उहाँहरुले छन्दवद्ध कबितामा फूलमा रमाउने मात्रै नभएर कविहरुले त्यसमा जीवन पनि देख्न सक्नु पर्ने बताउनु भयो । उहाँहरुले यदि छन्दलाई बचाउने नै हो भने गुणस्तरमा जोड दिनुपर्ने बिचार व्यक्त गर्नुभयो ।
बृहत छन्द महोत्सवमा समकालिन छन्द कविताका प्रबृत्तिहरु बिषयमा प्राध्यापक डा. हिरण्यलाल ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र पस्तुत गर्दै उहाँले सामाजिक यथार्थता, राष्ट्र, राष्ट्रियता तथा देशभक्ति, प्रगतिवादिता तथा क्रान्तिकारिता, द्वन्द्व÷हिंसाको अन्त्यकालागि आह्वान तथा शान्तिको कामना, कमजोर र स्वार्थी नेतृत्वको आलोचना लगायत समाज परिवर्तनकारी प्रस्तुतीहरु समकालिन छन्द कबिताका प्रबृत्तिहरु रहेको उल्लेख गर्नुभयो । त्यस्तै युद्ध, शान्ति, प्रेम, अहिंसा जस्ता विषयका कबिता लेखनमा समकालिन कबिहरुले रुचि देखाएको उहाँको कार्यपत्रमा उल्लेख गरिएको छ । उहाँले छन्दमा लेखिएका कबिता पनि भजन जस्ता भएकाले छन्दमा लेख्दैमा कविता नहुने भएकाले कबितालाई विशेष बनाउन पनि कबिहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा डा. घनश्याम न्यौपाने (परिश्रमी), महेन्द्र विश्व विद्यालय दाङ्का उपप्राध्यापक डा. नारायण नेपाल र छन्द बचाउन अभियान्ता माधव वियोगीले छन्द कविताका प्रबृत्तिको सम्पूर्ण प्रबृत्तिहरुलाईलाई कार्यपत्रमा समेटिएपनि सन्दर्भ ग्रन्थहरु प्रभावकारी रुपमा नआएको बताउनु टिप्पणी गर्नुभयो ।
छन्दवादी समाज नेपालका अध्यक्ष शंकरप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा श्रष्टाहरु कबि गोख्रे साईँलो, गजलकार प्राज्ञ बुँद राना, समाजकी उपाध्यक्ष कृष्णदेवी शर्मा, अभिनन्दित लाटो साथी, देवी नेपाल लगायतले छन्दवद्ध लयात्मक कविता वाचन समेत गर्नुभएको थियो । त्यस्तै शुक्रबार साँझ बुटवलमा काव्य गोष्ठि समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन समाजका सचिव चन्द्रकान्त डुम्रेले गर्नुभएको थियो ।