पुस,कपिलवस्तु ।
संघिय समाजबादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले हालको समस्या समाधान र संबिधानको सर्वस्विकार्यताको लागी संसोधन र पुर्नलेखनको आवश्यकता रहेको बताएका छन ।
संघिय प्रेस फोरम कपिलवस्तुले तौलिहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सो बिचार व्यक्त गरे । सो अवसरमा बोल्दै नेता यादवले संबिधानले मधेसी, आदीबादी जनजाती, दलित, मुस्लिम, थारु लगायतका अल्प संख्यक समुदायको अधिकार सुनिश्चित गरि संघिय प्रणाली र समावेशी लोकतन्त्रलाई मजुबुद बनाउनुका साथै सबैको पहिचानको स्विकार्यता र संबिधानका कमी कमजोडी सगै बिभेदकारी प्रावधान हटाउनका लागी समेत संबिधान संसोधन र पुर्नलेखन आवश्यक रहेकोमा उनले जोड दिए ।
प्रचण्ड नेतृत्वको सरकारले पेश गरेको संसोधन प्रश्तावले खासै समाधान नदिएको बताउदै उनले सबैको मुद्दा समेटेर संबिधानको संसोधन सगै पुर्नलेखन गरिनु पर्ने बिचार व्यक्त गरे । आफुहरु बिगतमा आन्दोलनमा हुदाँ संसदबाट समस्या हल गर्न सुझाव दिने एमाले नेतृत्व अहिले सडकमा जादा अचम्म लागेको उनले बताए । हालको समस्या सडकबाट समाधान नहुने बताउदै आफुहरु समाधान सडकबाट वा साँसदबाट खोज्ने बिषयको प्रश्नमा अल्झिएको उनले बताए ।
हालको समस्या साँसदबाट हल नभए यो संबिधानको औचित्यनै सकिने उनले बताए । सडकबाट समाधान खोजिए नयाँ संबिधान बनाउनु पर्ने बताउदै सँसदबाटै समाधान खोजिने भए प्रस्तुत गरिएको बिधेयकलाई परिमार्जन गरि समस्या समाधान गर्नु पर्नेमा उनले जोड दिए । एमाले नेताको अभिव्यक्तीले राष्ट्रिय एकतालाई कमजोड गरि बिखण्डनलाई प्रोत्सहित गरेको उनले आरोप लगाए । राष्ट्रिय समस्याको समाधान नगरि स्थानिय निकायको निर्वाचनले कुनै हल नदिने उनले बताए ।
पुरानै संरचनाका आधारमा निर्वाचनमा जान खोज्नु संघियतालाई कमजोड बनाउनु भएको बताउदै स्थानिय निकायको निर्वाचन दलगत गर्न नहुने उनले बताए ।