आठौ साधारणसभा साताव्यापी रचनात्मक कार्यक्रमहरु सहित आज सम्पन्न
बुटवल,भदौ –
बुद्ध टेलिभिजनको नवौ बार्षिकोत्सव तथा आठौ साधारणसभा साताव्यापी रचनात्मक कार्यक्रमहरु सहित आज सम्पन्न भएको छ ।
भदौ ९ गते शुभारम्भ भएको बार्षिकउत्सव साताभरि विभिन्न रचनात्मक कार्यक्रमहरु सम्पन्न भएका हुन् ।
उद्घाटन समारोहकै दिन टेलिभिजनले आफ्नै प्राङगढमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।
रक्तदान जिवन दान भन्ने नाराका साथ आयोजना गरिउको कार्यक्रमको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले गर्नु भएको थियो । त्यसैगरि भदौ १२ गते टेलिभिजनले आर्थिक संबृद्धिका लागि संचार माध्यमको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।
कार्यक्रमको नेपाल सरकार न्यूनतक पारिश्रमिक निधारण अयोगका अध्यक्ष पोषण केसीले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमा यस क्षेत्रका उद्योगि व्यवसायी तथा सरोकारवाला निकायले महत्वपुर्ण सुझावहरु पेश गरेका थिए । त्यसैगरि भदौ १३ गते टेलिभिजनले रुपन्देहीको देवदहमा रहेको जनप्रिय मावीका विद्याथीृहरुलाई नगद रकमसहितको छात्राबृति प्रदान गरेको थियो ।
सोहि विद्यालयको प्राङगढमा भएको कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले तिनजना विद्याथीृहरुलाई जनहि ५ हजारका दरले रकम प्रदान गर्नु भएको थियो ।
त्यसैगरि वार्षिकउत्सवको मुल समारोहको बिहिबार नेपाल सरकारका रक्षामन्त्री बालकृष्ण खांणले उद्घाटन गर्नु भएको थियो । सोहि समारोहमा स्ष्टा सम्मान, तिजगित प्रतियोगिता तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा पत्रकारिताको क्षेत्रबाट वरिष्ठ पत्रकार खिमानन्द भट्टराई, साहित्यक क्षेत्रबाट वरिष्ठ साहित्यकार वनमाली निराकार, संगितिक क्षेत्रबाट वरिष्ठ संगितकार सुरेश सेञ्चुरीलाई सम्मान गरिएको थियो ।
कर्मचारी सुवर्णमान शाक्यलाई १ लाख २५ हजार रकमको चेक प्रदान :-
कार्यक्रममा पांचजना जेष्ठ शेयर सदस्यहरुलदाई पनि दोसल्ला अडाएर सम्मान गरिएको थियो भने यस क्षेत्रमै सबैभन्दा ठुलो रकम सहित कर्मचारी सुवर्णमान शाक्यलाई पुरस्कृत गरिएको थियो ।
उहांलाई उपदान स्वरुप एक लाख २५ हजार रकमको चेक पनि समारोहमा प्रदान गरिएको थियो ।कार्यक्रममा गुल्मी क्षेत्र न १ का संसद प्रा डा कृष्ण वहादुर छन्तेल ,विभिन्न राजनितिक दल,उद्योगि व्यवसायी एवं संस्थाका सल्लाहकार सदस्यहरुको सहभागिता रहेको थियो ।
आज शुक्रबार संस्थाको साधारण सभा बन्दसत्र सहित सम्पन्न भएको छ । साधारण सभाले संस्थाका सचिव राम प्रसाद पाण्डेयको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष अर्जुन काफ्लेको आर्थिक प्रतिवेदन पनि संशोधन सहित पारित गरेको छ ।
साधारण सभाले संस्थाका लागि थप आवश्यक रकम संकलनका लागि शेयर सदस्य बराबर बनाउने, टेलिभिजनलाइ राष्ट्रिय सञ्जालमा जाेडेर मुलुकभर नै हेर्न मिल्ने बनाउने ,भौतिक पुर्वाधार निमार्णमा जोड दिने, टेलिभिजनको प्रविधि सुधारका लागि योजनाबद्ध ढंगले काम गर्ने निर्णय समेत गरेको संस्थाका अध्यक्ष पृथ वहादुर फौदारले बताउनु भयो ।
कार्यक्रममा संस्थाका शेयर सदस्यहरुले टेलिभिजनको हक हितका लागि नयां योजना अनुशार सबै एकजुट भएर अघि बढ्न सुझाव समेत दिएका थिए।
टेलिभिजनले केहि समय अघि बुटवल १४ मा एक कट्ठा जग्गा खरिद गरेको र भवन निमार्णको नक्सा समेत तयार पारेको सो अवसरमा जानकारी गराईएको थियो ।