बुटवल,असार १२ ।
नागरिकको चेतनास्तर बृद्धिका लागि सडक नाटक संचालन गरिरहेको बुद्ध सामुदायिक टेलिभिजनले रुपन्देहीका बिभिन्न स्थानमा सडक नाटक प्रस्तुत गरिरहेको छ ।
मुलुकले गत बर्ष बैसाखमा भोगेको बिनासकारी भुकम्पबाट भएको जनधनको क्षति र अब भुकम्पबाट कसरी जोगिने भन्ने बारेमा सडक नाटक प्रर्दशन गरिएको टेलिभिजनका प्रमुख कार्यकारी निर्देशक बिष्णु भुसालले बताउनुभयो ।
‘अब के गर्ने ’ शिर्षकमा तयार पारिएको सडक नाटक हेर्ने क्रममा रुपन्देही मोतिपुरका स्थानियहरुका आखा रसाए । बिनासकारी भुकम्पले बालबालिकाको मृत्यु भएको नाटकीय दृश्यमा देखिएपछि स्थानियहरुले आशु थाम्न सकेनन् ।
त्यस्ता बिनासकारी घटनाको बारेमा टेलिभिजनमा मात्र दृश्यहरु हेरिरहेका उनीहरुले आफ्नै गाउ छिमेकमा आफ्नै आखाले त्यस्तो घटनालाइ देख्दा उनीहरुको मन बहकिएको थियो ।
कलाकारहरु बिजय पोखरेल र बाबुराम घिमिरेको निर्देशनमा भएको सडक नाटकलाइ मोतिपूरमा भने नेपाली भाषामा प्रदर्शन गरिएको हो । सडक नाटकमा १ दर्जन कलाकारको मुख्य भुमिका रहेको छ ।
टेलिभिजनले जिल्ला बिकास समिति तथा बुटवल उपमहानगरपालिका संगको सहकार्यमा रुपन्देहीका दक्षिणी इलाका र मोतिपूरमा सडक नाटक मार्फत जनचेतना जगाइएको हो ।
यो पनि पढ्नुस् : रुपन्देहीमा चेतना जगाउन सडक नाटक मञ्चन [फोटो फिचर ]


