उजिरसिह रनिङ्ग शिल्ड वडा कप क्रिकेट प्रतियोगिता अन्तरगत सोमबारको खेलमा वडा नं.१० र वडा नं. १७ विजयी भएका छन् । बुटवल क्रिकेट विकास समितिको आयोजना र बुटवल उपमहानगरपालिकाको मुख्य प्रायोजनमा भुपु सैनिक जबई खेल मैदानमा भएको खेलमा वडा नं. १० ले वडा नं. ७ माथि ५७ रन तथा वडा नं. १७ ले वडा नं. ६ माथि ६ विकेटको फराकिलो जित निकालेका हुन ।
पहिलो खेलमा टस जितेर ब्याटिङ्ग रोजेको वडा नं. १० ले निर्धारित २० ओभरमा ९३ रनको योगफल तयार गरेको थियो ।उसका लागि कमल थापाले १६ तथा प्रविण थापाले १७ रनको योगदान दिएका थिए । खेलमा वडा नं. ७ का विष्णु रेग्मी र आकाश कशौधनले समान ३–३ विकेट लिएका थिए ।मध्यम लक्ष्य पछ्याएको वडा नं.७ का ब्याट्सम्यानहरु ३६ रन बनाउदा अल आउट हुन पुग्यो । खेलमा वडा नं. ७ लाई रोक्न वडा नं. १० का कमल थापाले ४ विकेट लिएका थिए । उनि प्रतियोगितामा म्यान अफ दी म्याच घोषित भएका थिए । यसैगरि अर्को खेलमा टस जितेर ब्याटिङ्ग रोजेको वडा नं. ६ ले १८.२ ओभरमा सबै विकेट गुमाएर केवल ६७ रनको लक्ष्य तयार पारेको थियो । उसका लागि प्रथम पराजुलीले १४ तथा रोहणले १० रन बनाए । खेलमा वडा नं. १७ का सुमन थापाले ३ तथा युकेश थापाले महत्वपूर्ण २ विकेट लिएका थिए । झिनो लक्ष्यलाई वडा नं.१७ का ब्याट्सम्यानहरुले १२.३ ओभरमा ४ विकेटको नोक्सानीमा भेटायो । प्रतियोगिता अन्तरगत मंगलबार पहिलो खेल वडा नं. १५ र वडा नं. १२ तथा दोस्रो खेल वडा नं.१३ ए र वडा नं. १० का बिचमा हुने समितिका अध्यक्ष गंगाराम सुनारले बताए ।