नवलपरासीमा संचालिते पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यपार मेलामा सबै भन्दा बढि कारोबार आईटीमा भएको छ । विद्यार्थीको तथा युवाहरुका लागि मुख्य आर्कषणको रुपमा रहेको आईटीमा दिनहु सबै भन्दा बढि कारोबार हुदै आएको छ । क्यान नवलपरासीले व्यवस्थापन गरेको १० स्टलमा आईटिका ल्याप्टप, कम्प्युटर, सोलार पावर, ईन्भरटर, प्रिन्टर, फोटोकपी, लेमिनेशन मसिन, फयाक्स फोन सेट, पेनडराईभ, ब्याटरीहरु, मोबाईल्स, फ्रिज, राईजकुकर, एसी, कुलर, टिभी, टिभकार्ड, लगायतका विभिन्न ईलेक्टोनिकसका आईटमहरु सजाइएका छन् ।
बजारमा पाईने यि सबै आईटमहरु यस मेलामा विशेष छुटमा पाईने हुँदा युवा तथा विधार्थीको आर्कषण बढेको हो । जिल्लामा लोडसेडिन्गका कारण सोलार पावर र ईन्भरटर पनि निकै विक्री हुने गरेको छ भने सस्तो दरमा पाउने ल्याप्टप र पेनडराईभहरु लगायतका आईटमहरु पनि दिनहु बढि स्केलमा जाने गरेको छ ।
यस क्षेत्रका बिरामीहरुका लागी मुटुको एन्जीयोग्राम र एन्जीयोप्लाष्ट गर्न बुटवल बाहिर जानु पर्ने बाध्यता अव भने अन्त्य हुने भएको छ । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्धारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले क्याथल्याव खरिदको प्रक्रिया सुरु गरेपछि त्यस्तो बाध्यता अन्त्य हुने बिश्वास जागेको हो । गैरनाफा मुखी रुपमा दुई बर्ष अघि मुटु, छाती तथा मृगौलाको उपचार सूरु गरेको अस्पतालले अवको ४ महिना भित्र क्याथल्याब संचालन गर्ने गरि प्रक्रिया अघि बढाएको छ । क्याथल्याव खरिदका लागी अस्पतालको तर्फबाट संस्थाका अध्यक्ष एजाज आलमले र सिमेन्स कम्पनीको नेपालका लागी अधिकृत बिक्रेता इस्ट वेस्ट कन्र्सनका प्रबन्ध निर्देशक शेर श्रेष्ठलेसम्मmौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । फाल्गुन ६ गते बसेको संचालक समितिको बैठकले सिमेन्स कम्पनीको आरटीक वन मोडलको क्याथल्याब खरिद गर्ने निर्णय गरेको अस्पतालका अध्यक्ष एजाज आलमले बताउनु भयो । काठमाण्डौ, धुलिखेल, बिराटनगर, धरान, पोखरा र नारायणगढमा क्याथल्याब संचालनमा रहेपनी पश्चिम क्षेत्रमा यो सुविधा अहिले सम्म उपलब्ध छैन । करिब ६ करोडको उक्त आयोजनामा ३ करोड रुपैया रोटरी फाउन्डेसनले सहयोग गर्दै छ ।