राष्ट्रिय जनमोर्चाको बुटवलमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलन चित्रबहादुर केसीलाई पुनः अध्यक्षमा निर्र्वािचत गर्दै सकिएको छ । सम्मेलनले केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै सम्मेलनले कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा बद्रे आलम र दुर्गा पौडेल, महासचिवमा जनकराज शर्मा, सचिवमा हिमलाल पुरी, कोषाध्यक्षमा ओमबहादुर केसीलाई निर्र्वािचत गरेको छ । एकतीस जना केन्द्रीय सदस्य निर्र्वािचत भइसकेपछि केन्द्रीय सदस्यले पदाधिकारी निर्र्वािचत गरेका हुन् । सम्मेलनले छ जना वैकल्पिक सदस्य, छ जना सल्लाहकार र २०५ सदस्यीय राष्ट्रिय परिषद् पनि गठन गरेको छ । सम्मेलनले सङ्घीयता खारेजीका लागि आन्दोलन गर्ने निर्णय गरेको छ । सम्पन्न सम्मेलनले गरेका निर्णयहरु सार्वजनिक गर्न बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । सम्मेलनमा नवनिर्वाचित पार्टीका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले सङ्घीयताकै कारण देशमा जातीय द्वेष र विग्रह उत्पन्न हुने अवस्था रहेको भन्दै पार्टीले सङ्घीयता खारेजीका लागि आन्दोलन चर्काउने निर्णय गरेको बताउनु भयो । सम्मेलनले प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनसहितको एकात्मक प्रणाली स्थापनाका लागि जोड दिने निर्णय गरेको उहाले बताउनु भयो । सङ्घीयताले नेपाललाई नै विखण्डन गर्ने भन्दै नेपालीले सङ्घीयताको खारेजी नभएसम्म सङ्घर्ष गर्नु पर्ने कुरामा जोड दिनु भयो । सम्मेलनले मुलुक असहज परिस्थितिबाट गुज्रिरहेकाले सबै दलहरु एकजुट भएर त्यसको सामना गर्नुपर्ने निर्णय गरेको छ । सम्मेलनका क्रममा अध्यक्षको प्रतिवेदन, घोषणापत्र र विधानमाथि भएको छलफलका क्रममा लामो समयसम्मको पर्खाइपछि जारी भएको संविधानलाई कार्यान्वयन गर्न सबै दलहरु एकै ठाउमा उभिनुपर्ने ठहर गरेको हो । नागरिकतासम्बन्धी फितलो व्यवस्था, जनसङ्ख्यालाई पहिलो आधार मानी निर्वाचन क्षेत्र बनाउने प्रावधानलाई हटाउन र प्रवासी नेपालीलाई मताधिकार र प्रतिनिधित्वको व्यवस्था, दलित तथा महिलाहरुलाई बेग्लै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्न समेत माग गरिएको छ । जनमोर्चाले संविधान कार्यान्वयनका लागि दलहरुका बीचमा एकता कामय राख्नका लागि सरकारमा सहभागी भए पनि पार्टीका सिद्धान्त र लक्ष्यहरुमा परिवर्तन नहुने बताएको छ । एमाओवादीमा आएको परिवर्तन र नेपाली काग्रेस र नेकपा(एमाले)का बीचमा दलीय एकता कायम भएकै कारण संविधान जारी गर्न सम्भव भएको जनमोर्चाको ठहर छ ।