कृषि विकास मन्त्री हरिबोल गजुरेलले लामो समय बाँझो राखिएको निजी जमीन सरकारले नै करारमा दिई उपयोग गरिने बताएका छन् । आफ्नो जमिन बाँझो नराख्न पत्राचार गरिने र वेवास्ता गरिएमा सरकारले नै बोलपत्र आव्हान गरी करारमा खेती गराउने तयारी भइरहेको मन्त्री गजुरेलले बताए ।