यरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पार्दै नेपाल यू-१९ विश्वकप क्रिकेटको दोस्रो चरणमा पुगेको छ ।
सन् २०१० र २०१४ बाहेकका हरेक संस्करणको विश्वकप खेल्दै आएको नेपाल क्वार्टरफाइनल पुगेको भने २००० पछि पहिलो पटक हो । त्यसबेला नेपाल आठौं भएको थियो । यू-१९ विश्वकपमा २००६ नेपालका लागि सम्झनयोग्य संस्करण हो, जहाँ नेपाल यूजिल्याण्डलाई १ विकेटले हराएर प्लेट च्याम्पियन बन्यो ।
अन्य संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो भने २०१० र २०१४ मा छनोट नै हुन सकेन । यो पटक भने पहिलो खेलमा न्यूजिल्याण्डमाथि ३२ रनको सनसनीपूर्ण जित हात पार्दै सुखद सुुरुवात गर्यो ।
आफ्नो दोस्र्रो खेलमा शनिबार आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पार्यो । अर्को खेलमा भारतले न्यूजिल्याण्डलाई १२० रनले पराजित गरेपछि नेपाल समूह चरणको अन्तिम खेल अघि नै दोस्रो चरणमा पुगेको छ ।