नेपाल टेलिकमको शनिबार नेपाल टेलिकम बागमती सफाई महाअभियानमा सहभागी भएको छ । आफ्नो १२औं वाषिर्कोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरु बागमती सफाइ अभयिानमा सहभागि भएको कम्पनीका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए ।
प्रबन्ध निर्देशक आचार्यले यस अभियानका अभियन्ता एवं पूर्वमुख्यसचिव लीलामणि पौड्याललाई बागमती सफाई कार्यमा प्रयोग हुने विभिन्न सामग्रीहरु हस्तान्तरण गरे ।
सफाई अभियानमा नियमित संलग्न हुने अभियन्ताहरुका लागि एक सय जोर बुट, एक सय थान ट्रयाकसुट, ३ सय जोर ह्यान्ड ग्लोब, २ सय थान फोहोर तान्ने सुइरो र एक सय थान फोहोर संकलन गर्ने डोको हस्तान्तरण गरिएको थियो ।
उक्त अवसरमा नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौड्यालले नेपाल टेलिकमले सुरुवातदेखि नै बागमती सफाई अभियानमा सहयोग पुर्याएको र टेलिकमको सहयोग नभएको भए सम्भवतः सफाई अभियान यो अवस्थामा आउन पनि नसक्ने भन्दै कम्पनीले गरेको सहयोगको लागि आभार प्रकट गर्नु गरे ।
सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले नेपाल टेलिकमले आफ्नो वाषिर्कोत्सव मनाउने सन्दर्भमा बागमती सफाई अभियनमा संलग्न भएकोमा आभार प्रकट गर्दै बागमती किनारका विभिन्न स्थानमा शौचालय र पार्कलगायत अन्य आवश्यक पूर्वाधार निर्माणका लागि कम्पनीलाई सहयोगका लागि आग्रह गर्न लागेको बताए ।
सोअवसरमा कम्पनीका प्रबन्ध निर्देशक आचार्यले बागमती सफाई अभियानमा कम्पनीका कर्मचारीहरु सहभागी हुनुका साथै सफाई कार्यका लागि आवश्यक सामग्रीहरु समेत सहयोग गर्दै आएको बताए ।
– See more at: http://www.onlinekhabar.com/2016/01/381663/#sthash.KDB0t5HE.dpuf