नेपाल वायुसेवा निगम (नेवानि)ले अन्तर्राष्ट्रिय उडानका लागि आगामी मंसिरसम्म एउटा वार्इड बडी जहाज
ल्याउने भएको छ । सोमबार राजधानीमा नेवानिको तीन वर्षे सुधार कार्ययोजना सार्वजनिक गर्दै महाप्रबन्धक सुगतरत्न कंशाकारले यस्तो जानकारी दिएका हुन् ।
पहिलो वार्इड बडी जहाज भित्रिएको तीन महिनापछि माघमा दोश्रो वार्इड बडी जहाज ल्याउने कार्ययोजनामा उल्लेख छ । नेवानिले वार्इड बडी जहाज ल्याएर कोरिया, जापान, लण्डन, सिंगापुरमा ट्राञ्जिट बनाएर अष्ट्रेलियासम्म उडान विस्तार गर्ने योजना बनाएको छ ।