रुपन्देहीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। अन्य एक जना घाइते भएका छन्।
काठमाडौंबाट प्युठान जाँदै गरेको ना ४ ख ४७०४ नम्बरको बस र विपरित दिशातर्फ आउँदै गरेको बा ६३ प ३८६९ नम्बरको मोटरसाइकल विहान ३ बजेतिर सालझन्डी–४ मा एक आपसमा ठोक्किँदा मोटरसाइकलमा चालक दाङ तुलसीपुर-६ का राजु वलीको मृत्यु भएको प्रहरी निरीक्षक सुवास खड्काले जानकारी दिए।
दुर्घटनामा तुलसीपुर-२ का नन्दलाल न्यौपाने घाइते भएका छन्। उनको टाउँकोमा गम्भीर चोट लागेको छ। घाइते न्यौपानेलाई उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको खड्काले बताए।
बस र चालकलाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।