अर्थ मन्त्रालयका उप सचिव डा भिष्म कुमार भुसालले रोजगारीको लागि विदेशीने युवा जन शक्तिलाइ स्वदेशमै रोकी उद्यमी बनाउन सके मात्र मुलुकमा आर्थिक क्रान्ति हुने बताए ।
उनले मुलुकका युवा शक्ति र दक्ष जनशक्तिलाइ स्वदेशमा प्रयोग गर्र्ने वातावरण राज्यले मिलाउनु पर्नेमा जोड दिदैं त्यो नहुदाँ सम्म नेपालको आर्थिक क्षेत्रले फडको मार्न नसक्ने जिकिर गरे ।
उद्यमशिलमा लाग्ने वातावरण राज्यले मिलाउनु पर्दछ भन्दै उप सचिव भुसालले स्वदेशमा लगानी गर्नेहरुलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिए ।
बुटवलमा आईतवार देखि शुरु भएको होटल हिलटन एण्ड फेमिटी रेष्टुरेण्टको उदघाटन गदै उप सचिव भुसालले भौतिक पूर्वाधारलाई भन्दा आर्थिक पुनर निमार्णलाई महत्व दिनु पर्नेमा जोड दिए । आटँ ,साहष र उद्यम गर्नेहरुसंग मात्र आर्थिक हने भएकाले त्यस तर्फलाग्नु पर्नेमा उनले जोड दिएका थिए ।
व्यवसायीलाई कर तिर्ने वातावरण सरकारले वनाउनु पर्ने बताउदै उनले सहज वातावरण भएमा मात्र मुलुकमा हरेक व्यवसाय फस्टाउने धारणा राखे ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मोदनाथ वेल्वासेले समयानुकूल व्यवसाय कर परिमार्जन नहुदाँ समस्या भोग्नु परेको बताउदैं २०५२ सालको कर नीति २२ वर्षसम्ममा पनि परिवर्तन नहुनु दुखको पक्ष भएको गुनासो गरे ।
होटल हिलटन एण्ड फेमिटी रेष्टुरेण्टका संचालक कृष्णहरि वेल्वासेले २० वर्ष विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गर्न ६० लाखको लगानीमा व्यवसाय शुरु गरेको बताए । बुटवल ११ कालिका नगरमा शुरु गरिएको होटल हिलटन एण्ड फेमिटी रेष्टुरेण्टको उदघाटन समारोहमा पत्रकारद्धय यमलाल भुसाल अर्जुन ज्ञवाली नियमित रतmदाता संघ रुपन्देहीका संयोजक कृष्ण चौहान एम्स कलेजका सहायक प्रार्चाय विकास श्रेष्ठ लगायतले व्यवसायको सफलताको कामना गरेका थिए ।