यातायात व्यवस्था कार्यालय बुटवलमा सवारी चालक अनुमति पत्र वितरणमा आर्थिक चलखेल भएको छ । मंसिर ६ गतेदेखि लाइसेन्स वितरण सुरु भए पनि सर्वसाधारणलाई सास्ती दिादै कर्मचारीहरूले आर्थिक चलखेलका आधारमा लाइसेन्स वितरण गरेका छन् ।
कार्यालयका कर्मचारीकै मिलेमतोमा विचौलियामार्फत रातीमा समेत कार्यालय खोलेर काम गरेको बिहीबार भेटिएको छ । कर्मचारीहरूले सीमित विचौलियाबाट लाभ लिएर बिहीबार रातीको समयमा समेत काम गरिदिएका हुन् । सर्वसाधारणहरूले भने दिनरात लाइनमा बसेर पनि सेवा पाउन नसकेको गुनासो छ ।
‘केही लाइन मिलाएका’ ड्राइभिङ्ग इन्ष्टिच्युट र विचौलियाले साना सवारी साधनको लाइसेन्स बनाई दिएवापत १० हजारदेखि १५ हजारसम्म रकम लिने गरेको स्रोतले बताएको छ । ‘सेटिङ्ग मिलाएका’ केही विचौलिया र ड्राइभिङ्ग इन्ष्टिच्युटले ट्रायल दिादा पनि अलि सााझतिर पारिदिने र ट्रायलमा हल्ला गरिदिने गरेको स्रोतले बताउाछ ।
मोटरसाइकलको फर्म र राजस्व बुझाएका रूपन्देहीको सैनामैना नगरपालिका प्रशान्त शर्मालाई स्कुटीको लाइसेन्स ‘के’ वर्गको प्रदान गरेको छ । बिहीबार राती यत्रतत्र काजगपत्र फालेर काम गरेका कर्मचारीहरूले शर्मालाई अब अर्को लाइसेन्स बनाउनुपर्छ भन्ने जवाफ दिएका थिए ।
शर्माले मोटरसाइकलको ‘ए’ वर्गको फारम, ट्रायल तथा राजस्व बुझाएको तर कर्मचारीले आफूलाई स्कुटीको के वर्गको लाइसेन्स दिएको बताउनुभयो । उहााले पटक–पटक कर्मचारीसाग सच्चाउन माग गरे पनि उल्टै गाली गरेको गुनासो गर्नुभयो ।
कार्यालयमा मोटरसाइकलको लाइसेन्स वितरण गरेका सेवाग्राहीलाई स्कुटी दिने, रातको समय आफू निकट बनाइदिए पनि अन्य जिल्लाका व्यक्तिहरूलाई पास भए पनि लाइसेन्स वितरण ढिलाई गरेर लाभ लिन खोजेको गुल्मीबाट आएका एक सेवाग्राहीले शुक्रबार दिउासो सञ्चारकर्मीसाग गुनासो गर्नुभएको थियो ।