बुटवल,पुस २९ । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।
यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा विदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयका बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेयद्वारा जारी बिज्ञप्तिमा भनिएको छ। प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक विदा हुनेछ।