बुटवल । रुपन्देही मेटल फेब्रिकेशन एसोसिएसन तिलोत्तमा ०२ रुपन्देहीको प्रथम स्थापना दिवश तथा दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सन्त बहादुर कवँर(सन्तोष) को अध्यक्षतामा उक्त कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा प्रमुख आतिथ्यता जेष्ठ व्यवसायी सदस्य हरी खड्काको रहेको थियो ।
साधारण सभाको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष मेघ बहादुर जिसी(मिलन) को रहेको थियो । जिसिले साधारण सभामा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा लेखा संयोजक यादव पाण्डे , कार्यक्रममा संस्थाका कोषाध्यक्ष किसान केसीले लेखा परिक्षण प्रतिबेदन, आ.व. २०८० /२०८१ को वित्तिय तथा अन्य विवरण प्रस्तुत गर्नुभएको थियो । संस्थामा आवद्ध व्यवसायी र कर्मचारीलाई काम गर्ने क्रममा हुने संभाबित दुर्घटनालाई रोक्न र बिमालाई प्रभावकारी बनाउन सस्थाका सदस्य एवम विमा संयोजक ठाकुर पन्थीले राख्नु भएको थियो ।
व्यवसायिको तर्फबाट धुर्वमणी ज्ञवालीको मन्तव्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी हरी खड्काले व्यवसायीहरुलाई एक जुट हुन र हरेक कृयाकलापमा संगठन संग समन्वय गर्न आग्रह गर्दै संस्थाको उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्दै अध्यक्षको कार्य कुशलताको प्रसंशा गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष सन्त बहादुर कवर ( सन्तोष) ले एक बर्षको अवधीमा भएका बिबिध कार्यक्रमको जानकारी गराउनुभएको थियो । संस्थामा आवद्द व्यवसायीको पर्ने दुख र सहयोगको बिषयमा , संस्थाले गरेका सामाजिक कार्यका सन्दर्भमा प्रतिबेदन पेश गर्दै आ.व. २०८१/२०८२ का बिबिध प्रस्तावित कार्यक्रमको मोडल पेश गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव विस्वनाथ पाण्डेको रहेको थियो ।
कार्यक्रममा रुपन्देही भर छरिएर ग्रील तथा फेब्रीकेशन सम्बन्धी कार्य गर्ने २०० भन्दा बढी व्यवसायी एवम सदस्यको उपस्थिति रहेको थियो । स्थापना दिवश र साधारण सभा सम्पन्न भएपछी बनभोज समारोहको आयोजना गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका सदस्य टोप पन्थीले आफ्नो सांस्कृतिक प्रस्तुती राख्दै सदस्यहरुलाई झुमाउनु भएको थियो ।


