बुटवल । लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको र बुद्धभुमि नगरपालिका वाड न ४ को संयुक्त आयोजनामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कपिलवस्तुको बुद्धभुमि नगरपालिका वाड न ४ स्थित श्री भृकुटी माध्यमिक विद्यालयमा सम्पन्न शिविरमा ४ सय बढी स्थानीयको स्वास्थ्य परीक्षण गरिएको क्लबका अध्यक्ष रबिन सुनारले बताए ।
रिलायबल डायोगोनेस्टिक र हाम्रो स्वास्थ क्लिनिक बुटवलको सहयोगमा भएको शिविरमा मधुमेश परीक्षण, निःशुल्क औषधी वितरण तथा निःशुल्क परामर्शको व्यवस्था गरिएको उनले बताए। शिविरमा खुशी डेन्टल बुटवल बाट पनि बिसेसज्ञ सेवा रहेको थियो।
शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि नगरप्रमुख केशव श्रेष्ठले हाम्रो नगरमा आएर शिविर आयोजा गर्नु राम्रो कार्य भएको बताउनु भयो र सधै सेवामा समपिर्त रहन शुभकामना दिनुभयो।
कार्यक्रममा बुद्धभुमि नगरपालिकाका वडा अध्यक्ष सुनिल चौधरीले क्लबले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिनुपर्ने र यस्तै रचनात्मक र मानवीय कार्यहरुमा सधै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वहाँरुको उत्साहजनक उपस्थित रहेको थियो । क्लबका सचिब सुरेश पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
