बुटवल भदौ १५ । त्रिभुवन अक्सफोर्ड टोल बिकास संस्था बुटवल उपमहानगरपालिका वार्ड नम्बर ८ को तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन अक्सफोर्ड टोल बिकास संस्थाका अध्यक्ष मोहन प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नोवर्तमान अध्यक्ष बिष्णुहरी पाण्डेको रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी पाण्डेले टोल बिकासका लागि टोल एकजुट भएर अघी बढ्नु पर्ने बताउँदै टोल सुधारका लागि स्थानियको भूमिका अहम रहेको बताउनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि पुर्ब जनप्रतिनिधि दल बहादुर थापा , कमला अर्याल लगायत रहनुभएको थियो । टोल बिकास सस्थाँका अध्यक्ष मोहन प्रसाद भण्डारीले शुभकामना मन्तब्य राख्दै टोल बाट सहभागी जनाउने सम्पूर्ण टोल बासी आमाबुवा , दिदीबहिनी र दाजुभाईलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष सारदा अर्यालको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रमको संस्थाका सचीव तथा तिज मिलन कार्यक्रमका संयोजक गिता खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा कारीव ६० दिदिबहिनीहरुले मौलिक तिज गीत तथा मौलिक नृत्य प्रस्तुत गर्नुभएको अध्यक्ष भण्डारीले बताउनुभयो ।