बुटवल भदौँ १६ । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रुपन्देहीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदानसँगै तीज मिलन कार्यक्रमको आयोजना गरेको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गंगा शाहीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी शाहीले संस्कृतिको संरक्षण गर्दै तिज पर्व मनाउनको लागि शुझाब दिनुभयो ।
तिज पर्वलाई भड्किलो भन्दा पनि संस्कृति जर्गेना गर्दै मनाउनु पर्ने र पर्वले सबैलाई जोड्ने गरेको बताउनु भयो । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका उपाध्यक्ष अनिता विकको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, लुम्बिनी प्रदेशका सांसद जमुना ढकाल , बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय , नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका सभापती चक्रपाणी पाण्डे, नेपाल निजामती कर्मचारी युनियनका महासचिब जनकबहादुर रावल , सुद्धोधन गाउँपालिकाका प्रमुख बिष्णु प्रसाद बस्याल , नेपाली काँग्रेस महासमिति सदस्य विष्णुबहादुर रायमाझी , निजामती युनियन/स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सदस्यहरुले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा रुपन्देहीमा छरिएर विभिन्न कार्यलयमा सेवा दिने राष्ट्रसेवक कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा उत्कृष्ट नृत्य गर्ने ३ जनालाई पुरस्कार प्रदान गरिएको अध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिनुभयो ।