असार २२, बुटवल । त्रिभुवन अक्सफोर्ड टोल विकास संस्था बुटवल – ८ सुख्खानगरको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशनबाट मोहन प्रसाद भण्डारी अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
टोल विकास संस्थाका अध्यक्ष बिष्णुहरी पाण्डेको अध्यक्षतामा सम्पन्न तेस्रो साधारण शमा तथा दोस्रो अधिवेशनमा प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनी को रहेको थियो । कार्यकममा अध्यक्ष विष्णुहरी पाण्डे तथा कोषाध्यक्ष मञ्जु भण्डारीले आ-आफ्नो प्रतिबेदन पेश गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी पंगेनीले टोल बिकास संस्थाको माध्यमबाट समाज , नगर र समग्र क्षेत्रनै बिकासको गतिमा जाने र टोल समितिलाई थप सकृय बनाउन सबै लाग्नुपर्ने बताउनुभएको थियो । उहाँले टोल बनेमात्र समाज साकारात्मक दिशामा अग्रसर रहने बताउनुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले आफुले समग्र टोललाई समेटेर टोलका हरेक गतिबिधी , हरेक समस्या र हरेक कृयाकलापलाई सवैको पहुंच सम्म पुर्याई थप शसक्त बनाउने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो ।
साथै नयाँ कार्य समितीमा मोहन प्रसाद भण्डारी अध्यक्ष , शारदा अर्याल उपाध्यक्ष, गिता खनाल सचिव, नन्दन अर्याल कोषाध्यक्ष, तुलसा भण्डारी सहसचिव, सदस्यहरुमा जित बहादुर राना , पदम प्रसाद न्यौपाने , पुस्पा पोख्रेल , दीपा भण्डारी ,ठमी थापा, सविना थापा रहनुभएको छ ।
त्यस्तै सल्लहकारहरुमा महेश्वर प्रसाद श्रेष्ठ, दल बहादुर थापा, बिष्णुहरी पाण्डे, राजन पोख्रेल रहनुभएको छ । कार्यक्रमको सञ्चालन सचिव जमुना पाण्डे र अधिबेशन पश्च्यात कार्यक्रमको सञ्चालन नवनिर्वाचित सचिव गीता खनालले गर्नुभएको थियो ।

