जेठ २ , बुटवल । आज प्रस्तुत निति तथा कार्यक्रमको आधारमा प्रदेश सरकारले आगामी असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउंदै छ। सबै मन्त्रालयहरु यति बेला बजेट बनाउने क्रममा छन्।
पछिल्लो समय देशको अर्थतन्त्रमा देखिएको प्रभावका कारण यसवर्ष बजेटको आकार घट्ने देखिएको छ। अर्थ मन्त्रालयले चालु आर्थिकवर्षको भन्दा ३० प्रतिशत घटाएर योजना बनाउन मन्त्रालयहरुलाई भनिसकेको छ। प्रदेशका संचारमन्त्री दिनेश पन्थीले आगामी वर्ष चालु वर्षको भन्दा ३० प्रतिशत बजेट घट्ने बताए।
लुम्बिनी प्रदेश सभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचन (लाइभ )