बुटवल जेठ २१ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ६ का कृष्णबहादुर कार्की सम्पर्कविहिन भएका छन् । घरमा कसैलाई जानकारी नदिई शनिवार दिउँसो १२ बजेदेखि सम्पर्कविहिन भएको उनका छोरा आदिपजंग कार्कीले बुद्ध टेलिभिजनलाई बताए ।
छोरा आदिपजंगले बुबाको खोजि गरिदिन सबैमा अनुरोध समेत गरेका छन् । साथै उनले आफ्ना बुबालाई कहि कतैदेखे ९८६७१८५८०२ मा सम्पर्क गरिदिन वा नजिकैको प्रहरीमा खबर गरी सहयोग गरिदिन अनुरोध गरेका छन् ।
बेपत्ता कार्की ४८ वर्षका हुन् उनले तिलोत्तमामै कृषि फर्म गर्दै आएका थिए ।